Advertisement
Advertisement
Advertisement
Advertisement

विश्वमा ५३ हजार २३८ को मृत्यु , कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

  |      12:33:00   |  
विश्वमा ५३ हजार २३८ को मृत्यु ,  कोरोनाभाइरस महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती

‘►जेनेभा
चैत २१ , कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ । 

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ । 

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराउनु भएको छ । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उहाँ बताउनु भएको छ । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ 

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका १० मुलुकको पछिल्लो परिदृश्य । 
इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् । 
 
स्पेनमा १ लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् । 

संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् । 

फ्रान्समा ५९ हजार १०५ कुल सङ्क्रमित भएका छन् भने, पाँच हजार ३८७ को मृत्यु भएको छ । यसैबीच १२ हजार  ४२८ निको भएर फर्किएका छन् । 

चीनमा ८१ हजार ६२० कुल सङ्क्रमित भएका छन् भने, तीन हजार ३२२ को मृत्यु भएको छ । यसैबीच ७६ हजार   ५७१ निको भएर फर्किएका छन् । 

इरानमा ५० हजार ४६८ कुल सङ्क्रमित भएका छन् भने, तीन हजार १६० को मृत्यु भएको छ । यसैबीच १६ हजार  ७११ निको भएर फर्किएका छन् । 

बेलायतमा ३३ हजार ७१८ कुल सङ्क्रमित भएका छन् भने, दुई हजार ९२१ को मृत्यु भएको छ । यसैबीच १३५ निको भएर फर्किएका छन् ।
 
नेदरल्यान्ड्समा १४ हजार ६९७ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ३३९ को मृत्यु भएको छ । यसैबीच २५० जना निको भएर फर्किएका छन् । 

जर्मनीमा ८४ हजार ७९४ कुल सङ्क्रमित भएका छन् भने, एक हजार १०७ को मृत्यु भएको छ । यसैबीच २२ हजार ४४० निको भएर फर्किएका छन् । 

बेल्जियममा १५ हजार ३४८ कुल सङ्क्रमित भएका छन् भने, एक हजार ११ को मृत्यु भएको छ । यसैबीच २ हजार ४९५ निको भएर फर्किएका छन् ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement