Advertisement
Advertisement
Advertisement
Advertisement

विवाहित महिलाको ब्युटी पेजेन्ट ‘मिसेस नोवेल नेपाल’ को उपाधि सन्ध्यालाई

  |      11:15:00   |  
विवाहित महिलाको ब्युटी पेजेन्ट ‘मिसेस नोवेल नेपाल’ को उपाधि सन्ध्यालाई

माघ २८ काठमाडौं ।  ‘मिसेस नोवेल नेपाल २०२५’को उपाधि सन्ध्या लामिछानेले जितेकी छन् । राजधानीमा आयोजित फिनालेमा सौन्दर्यकर्मी समेत रहेकी उनले ताज पहिरिइन् ।

जितसँगै उनले ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५’को लागि जापान प्रस्थान गर्ने मौका समेत पाएकी छन् । फिनालेमा अभिनेता समेत रहेका निर्णायक रमेश उप्रेतीको प्रश्नमा गहकिलो उत्तर दिँदै सन्ध्याले उपाधि जितेकी हुन् ।
हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित प्रतियोगिताको उपविजेता सर्वण जोशी र सहविजेता रेखा भट्टराई घोषित भए । प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन् ।

प्रतियोगीले उनीबाट व्यक्तित्व विकास र प्रतिस्पर्धाको विविध विषयमा प्रशिक्षण लिएका थिए । फिनालेमा सहविधाका विजेता समेत घोषणा गरिएको थियो । जसमा विजेता समेत रहेकी लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ, सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बिक मोस्ट स्मार्ट, प्रीति खड्का बेस्ट फोटोजेनिक, आकांक्षा गजमेर बेस्ट क्याटवाक, शर्मीला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशल कुमारी खड्काले मोस्ट कन्फिडेन्ट विधा सफल भए ।
निर्णायकमा अभिनेता उप्रेती, अभिनेता मनिष राउत, मिस नेपाल आइडल निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे थिए । विवाहित महिलाको क्षमता, प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतिस्पर्धा गरिएको जनाइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement