साउन ३, काठमाडौं । साउन महिना लागेसंगै लेक्मीका नेल पोलिसको माग ह्वात्तै बढेको छ । वर्षैभरि लेक्मीका उत्पादनको माग बढ्ने भएपनि साउनमा भने अधिक महिलाहरुले हरियो, पहेंलो र रातो रंगका कस्मेटिक सामानमध्ये यो महिनमा लेक्मीका नेला पोलिसको माग ह्वातै बढेको सुहानी एण्ड सुमीत्रा ट्रेड लिङ्ककी सेल्स अफिसर कोपिला शाही ठकुरीले बताइन् ।
साउन महिना महिलाहरु सोह्र श्रृगारमा सजिएर हिड्ने महिना, हरियो, पहेंलो र रातो रंगको रंगिन महिना । अधिकांश नेपाली महिला अरुबेला जुनसुकै पहिरनमा हिडेपनि यो बेला भने हरियो, पहेंलो र रातो रंगमा सजिएर हिड्छन् । यसै अवसरमा ल्याक्मेले नेपाली बजारमा साउन महिनालाई सान्दर्भिक हुने मेकअप सामाग्री भने जस्तै ल्याउने गर्छ ।
अहिले बजारमा हरियो, पहेंलो र रातो रंगका नेल पोलिस भने जस्तै पाइन्छन् । लेक्मी मल्टिनेस्नल कम्पनी हो । भने जस्तै गुणस्तरिय डर्माेलोजिस्ट टेस्टेड सामाग्री उत्पादन गर्ने लेक्मीले फेसनेका पारखिलाई मन पर्ने सामाग्री बजारमा उपलब्ध गराउने गरेको छ । देशभर सजिलै खरिद गर्ने सकिने लेक्मीका सामान सुपथ मुल्यमा पाइनुका साथै प्रयोगकर्ता पनि दैनिक जसो बढ्ने गरेकोे सुहानी एण्ड सुमीत्रा टे«डलिङकी सेल्स अफिसर कोपिला शाही ठकुरीले बताइन्।