Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा डर, त्रास र तनाव कसरी कम गराउने ? यसो भिन्छन् वरिष्ठ मनोसामाजिक अधिकृत सुमित्रा श्रेष्ठ

  |      18:45:00   |  
वरिष्ठ मनोसामाजिक अधिकृत सुमित्रा श्रेष्ठ
वरिष्ठ मनोसामाजिक अधिकृत सुमित्रा श्रेष्ठ
वैशाख १३, काठमाडौं । विश्वको झण्डै दुई सय बढी देशमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)का संक्रमण फैलिइसकेको छ । कोरोना भाइरस (कोभिड (१९)को संक्रमण नफैलियोस् भन्नका लागि धेरैजसो देशले देशमा लकडाउनको घोषणा गरेका छन् । 
 
हाल नेपालमा पनि लकडाउन जारी छ । बहुसंख्यक नागरिक घरमै सेल्फ क्वारेन्टायनमा बसिरहेका छन् भने अत्यावश्यक क्षेत्रमा समेत सामाजिक दूरी कायम गरी न्यूनतम कामहरु मात्र भइरहेका छन् । संक्रमित तथा संक्रमणको जोखिममा रहेकाहरुलाई विभिन्न क्षेत्रमा आइसोलेसनमा राखिएको छ । 
 
नेपालमा हालसम्मको अवस्था हेर्दा ४९ जनामा संक्रमण फेला परिसकेको छ । त्यसमध्ये १२ जना निको भएर घर फर्किसकेका छन् भने ३७ जना अझै अस्पतालमै छन् । 
 
यस्तो अवस्थामा कोरोना संक्रमणको गति विस्तारै बढे पनि मानिसभित्रको त्रासको गति भने तीव्र बनिरहेको छ । यस्तो समयमा धेरैजसो मानिसहरुमा विभिन्न किसिमको मनसंग सम्बन्धित समस्याहरु देखा पर्न सक्छ । जस्तै डर, चिन्ता, बेचैनी, एक्लोपन, निन्द्रा नलाग्ने, रिस धेरै उठ्ने, निराशपन हुने, कुनै पनि काम वा कुरामा ध्यान केन्द्रीत नहुने, आफैंलाई पो कोरोना लाग्ने हो पक भनेर आफैले आफैलाई शंकाको भावले हेर्ने समस्याहरु पनि देखा पर्नसक्छन् । 
 
यस्तो अवस्थामा आफूमा भएको समस्यालाई समाधान वा कमी ल्याउनका लागि निम्न तरिकाले मनोसामाजिक उपचार तथा मनोसामाजिक सहयोग दिन सकिन्छ :
 
  • दैनिक रुपमा समय तालिका बनाउने, त्यो समय तालिका अनुसार काम गर्ने । जस्तै,अफिसमा काम गर्ने हो भने आफ्नो कामको समय तालिका बनाउने, परिवारका अन्य सदस्यहरुसँग फोनमा कुरा गर्ने समयतालिका साथै सामाजिक सञ्जालहरु प्रयोग गर्नका लागि  समेत समयतालिका बनाउने । यस्तो गर्दा समय व्यवस्थापन धेरै सहज हुन्छ । 
  • आफ्नो परिवार तथा साथीभाइमाझ सम्बन्धमा वा सम्पर्कमा बस्ने । आफ्नो समस्या आफूले विश्वास गर्ने परिवारको सदस्य वा आफ्नो मिल्ने साथीलाई भन्ने गर्नु पर्छ । यसो गर्नाले आफूलाई धेरै हलुका महसुस हुन्छ ।
  • कुनै पनि विषयमा लेख लेख्ने, दैनिकी, गीत, कविता लेख्ने,आफूलाई म पर्ने किताब पढ्ने, साथै अरुलाई सुनाउने, टेलिभिजनमा मन पर्ने कार्यक्रम हेर्ने जस्ता काम गर्नाले पनि यस्ता समस्याहरुलाई कम गर्न सकिन्छ ।
  • शरीरलाई हानी नहुने किसिमबाट योगा, ध्यान गर्ने, लामो लामो श्वास लिने र फाल्ने गर्नाले पनि समस्यालाई समाधान गर्न सकिन्छ । हालको लकडाउन, सेल्फ क्वारेनटाइन, सामाजिक दूरी कायम र सेल्फ आइसोलेसनको अवस्थामा आफ्नै घरको कोठा, कौशी, भर्याङ्ग आदिमा हिँड्न सकिन्छ । जति सक्यो धेरै आफूलाई व्यस्त बनाउने । यसो गर्दा शारीरिक रुपमा फाईदा हुनको साथै कुराहरु सोच्न कम हुन्छ ।
  • पोषणयुक्त भोजनको साथै सादा खाना खाने गर्नुपर्छ, प्रशस्त मात्रामा झोल पदार्थ पिउने गर्नुपर्छ । साथै दैनिक रुपमा वा लामो समयदेखि आफूले सेवन गर्दै आएको औषधीको सेवन गर्न नछोड्ने।
  • आफ्नो स्वःहेरचारलाई ध्यान दिनुपर्छ, तब मात्र हामीले अरुको लागि काम गर्न सक्छौ । सोंच जहिले पनि सकारात्मक बनाउनुपर्छ । विश्वमा नै फैलिएको कोरोना भाइरस (कोभिड —१९)बाट बच्नको लागि आफ्नो आत्माबल उच्च बनाइराख्न अति आवश्यक हुन्छ ।
  • आफ्नो परिवार तथा छोराछोरी, बृद्धा आमाबुवा छन् भने उनीहरुका लागि पनि समय दिनुस् । जसले गर्दा सजिलै आफ्नो कुरा वा समस्या राख्न सकियोस् वा उसलाई सजिलो महशुस हुन दिनु । जसले गर्दा समस्या कम हुनको साथै आफू एक्लो छु भन्ने कुराको महसुस हुन पाउँदैन । 
  • यस्तो बेलामा कुनै पनि ब्यक्तिले सूचना वा समाचार दिने क्रममा जहिले पनि सही र आधिकारिक श्रोतबाट प्रकाशित भएको कुरा वा सूचना मात्र दिने गर्नुपर्छ । जसले गर्दा मानिसहरुमा एक्कासी उत्साह वा धेरै दुःखी हुने अवस्था नबनोस् ।
  • यो समयमा विभिन्न किसिमको डर, त्रास बढिरहेको अवस्थामा विभिन्न किसिमको सामाजिक सञ्जालमार्फत आउने फरकफरक समाचारले झन जनमासमा यस्तो किसिमको समस्या बढी रहेको पाईन्छ । त्यसकारणले जहिले पनि आधिकारिक सूचनाको साथै मान्यताप्राप्त कुनै पनि अस्पताल, संघ संस्था वा यूनिर्भसिटीबाट आधिकारिक रुपमा प्रकाशित भएको समाचरलाई मात्र पढ्ने वा हेर्ने गर्नु पर्छ । कुनै पनि हल्लाको पछि नलागौं, आफू बुझौ र अरुलाई बुझाउ ।
अन्तमा कोरोना भाइरस - कोभिड (१९) बाट बच्न नेपाल सरकारले जारी गरेको लकडाउनलाई तपाई हामी सबैले नियमपूर्वक पालना गरी घरभित्रै बसी एकआपसमा दूरी कायम गरी आफू र अरुलाई सूरक्षित बनाउन देशलाई सहयोग गरौं । कोरोनाविरुद्धको लडाई सरकारको मात्र होइन, हामी प्रत्येक नागरिकको लडाई हो । यसविरुद्ध जित हासिल गर्न सामूहिक भावनाको खाँचो छ । सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि चालेका सबै राम्रा कदमहरुको नागरिकहरुबाट भरपूर सहयोग हुन आवश्यक देखिन्छ । 
 
(वरिष्ठ मनोसामाजिक अधिकृत सुमित्रा श्रेष्ठ माइती नेपालमा आवद्ध छिन् )

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement