Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा आँखाको ख्याल राखौं : कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण र जोगिने ५ उपाय

  |      11:34:00   |  
लकडाउनमा आँखाको ख्याल राखौं : कम्प्युटर भिजन सिन्ड्रोमका ८ लक्षण र जोगिने ५ उपाय

►बिपिन कोइराला

बैशाख ८, काठमाडौँ । डिजिटल सामग्री हाम्रो जीवनको अभिन्न हिस्सा बनेका छन्। मोबाइल, ल्यापटप, आइप्याड, कम्प्युटर, टेलिभिजन जस्ता डिजिटल वस्तुहरुको प्रयोगबिना हाम्रो दैनिकी सजिलो छैन।

पछिल्लो समय लकडाउनले गर्दा नेपालीबीच मोबाइल र ल्यापटपको प्रयोग ह्वात्तै बढेको पाइन्छ। यस्ता प्रविधियुक्त सामग्रीको प्रयोगले दैनिक जीवन सहज गराए तापनि लामो समयसम्म यस्ता सामग्रीको प्रयोगले आँखा र दृष्टिमा गम्भीर असर गर्ने गरेको पाइन्छ।

यस्ता समस्याबाट नेपाली समाजमा धेरै मनिसहरु अन्जान छन्। भिजन काउन्सिल नामक एक अन्तर्राष्ट्रिय संस्थाले गरेको अनुसन्धानमा विश्वमा हरेक मानिस औसतमा प्रत्येक दिन सात घण्टा कम्प्युटरजन्य सामग्री नजिक रहेर काम गर्ने गर्छन्। यही संस्थाको अनुसन्धान रिपोर्टका अनुसार अमेरिकामा मात्र ५०(८० प्रतिशत कम्प्युटर प्रयोगकर्तालाई कम्प्युटर भिजन सिन्ड्रोम नामक समस्याले पिरोलेको पाइन्छ। यो समस्या निकट भविष्यमा अझै बढ्ने अनुमान रहेको छ।

कम्प्युटर भिजन सिन्ड्रोम भनेको के होरु
मेडिकल भाषामा डिजिटल आई स्ट्रेन पनि भनिने यो समस्या लामो समयसम्म कम्प्युटरजन्य डिजिटल सामग्रीहरुको प्रयोगले गर्दा हुन्छ। यसरी कम्प्युटरको अत्यधिक प्रयोगले आँखा तथा दृष्टिमा आउने समस्यालाई एउटा नामले भन्दा कम्प्युटर भिजन सिन्ड्रोम भनिन्छ।

कम्प्युटर भिजन सिन्ड्रोम भएमा देखिने लक्ष्यणहरु केके हुन्रु
यो सिन्ड्रोम भएमा धेरै खालका लक्ष्यणहरु देखिन्छन्। सबै मनिसमा सबै खालका लक्ष्यण देखिन्छन् भन्ने हुँदैन। यसरी देखिने लक्षणहरु मानिसले गर्ने काम र कम्प्युटरमा दैनिक बिताउने कुल समयमा पनि भरपर्छ।

१। आँखा थाकेको महसुस हुनु,
२। टाउको दुख्नु,
३। आँखा सुक्खा हुनु, आँसु बग्ने,
४। आँखा चिलाउने, बिझाउने, पोल्ने,
५। घाँटी, काँध तथा ढाड दुख्नु,
६। धेरै समय काम गरेपछि धमिलो देखिने र कहिलेकाहीं एक वस्तुलाई दुई वटा देखिनु,
७। कार्य क्षमता तथा कामप्रति रुचि घटेको महसुस हुनु,  
८। रातिमा निद्रा घटेको महसुस हुनु,  

किन हुन्छ कम्प्युटर भिजन सिन्ड्रोमरु
डिजिटल आई स्ट्रेन हुनुमा तल उल्लेख गरिएका कुराहरुको ठूलो भूमिका रहेको पाइन्छः

१। ब्लु लाइट 
डिजिटल सामग्रीको स्क्रिनबाट आउने यो प्रकाश अलिक शक्तिशाली हुन्छ, त्यसैले गर्दा ब्लु लाइटलाई हाई इनर्जी भिजिबल लाइट पनि भनिन्छ। ब्लु लाइटसँगको अत्यधिक सम्पर्कले टाउको दुख्ने, आँखा थाक्ने जस्ता लक्षण निम्त्याउँछ। अनुसन्धानलाई आधार मान्ने हो भने ब्लु लाइटले हाम्रो शरीरमा हुने मेलाटोनिन नामक तत्वको मात्र कम गर्छ, जसले गर्दा राति निद्रा नलाग्ने जस्ता लक्षण देखिन्छ।

२। ग्लेर
स्क्रिनबाट आउने अत्यधिक उज्यालोपनले पनि आँखालाई असर गर्छ। यसरी हुने ग्लेरले आँखा थाक्ने, आँखा भारी हुने गराउँछ।

३। लामो समयसम्म नजिकको काम 
कम्प्युटर, मोबाइलको प्रयोग नजिक गरिने काममा पर्छन्। लामो समयसम्म नजिकको काम गर्दा आँखा भित्र र बाहिरका मांसपेसी थाक्ने हुँदा कम्प्युटर भिजन सिन्ड्रोमको समस्या झन् बढेर जान्छ।

४। आँखा कम झिम्क्याउनु 
सामान्यतः हामीले औसतमा १५र१६ पटक प्रति मिनेट आँखा झिम्क्याउँछौं। तर अनुसन्धानलाई आधार मानेर हेर्दा कम्प्युटरको काममा केन्द्रित भएको समयमा हामीले आँखा झिम्क्याउँने दर घटेको पाइएको छ। जसले गर्दा आँखा सुक्खा हुने, आँखा चिलाउने, बिझाउने, पोल्ने जस्ता लक्षण देखिन्छन्।

५। गलत मुद्रामा रहेर काम गर्ने
आफूले काम गर्ने वातावरण आफू अनुकूल हुन जरुरी हुन्छ। आफूले काम गर्ने ठाउँमा पर्याप्त मात्रामा उज्यालो भएरनभएको कुरा ख्याल गर्नुपर्छ। उज्यालोपन कम भए पनि वा धेरै भए पनि आँखालाई थकान महसुस हुन्छ। आँखा र स्क्रिन बीचको दूरी, कम्प्युटर स्क्रिन र आँखाको लेबल, आँखामा सिधै पर्ने फ्यानको हावा जस्ता कुराहरुमा ध्यान नदिँदा समस्या झन् बढेर जाने देखिन्छ। यसरी गलत मुद्रामा रहेर काम गर्दा घाँटी, काँध, ढाड दुख्ने तथा कार्य क्षमता घट्ने हुन्छ।

६। दृष्टिदोष 
दूरदृष्टि, अदुरदृष्टिले पनि कम्प्युटर भिजन सिन्ड्रोम हुनुमा भूमिका खेल्छन्। दृष्टिदोषले आँखामा झन् स्ट्रेस बढाउँछ।

कम्प्युटर भिजन सिन्ड्रोमबाट बच्ने तरिका केके छन्रु
१। २०र२०र२० नियमको प्रयोगः जसमा २० मिनेट काम गरे पछि २० सेकेन्ड विश्राम तथा २० फिट टाढा रहेको कुनै वस्तुलाई केहीबेर हेर्ने भनिन्छ।

२। ब्लु रेज कट ग्लास वा एआरसी कोटेड चस्माको प्रयोगः यो चस्माको प्रयोगले आँखामा पुग्ने ब्लु रेज न्यूनीकरण गर्नुका साथै ग्लेर पनि कम गर्छ, जसले गर्दा आँखा थाक्ने कम हुन्छ र ब्लु रेजको नकारात्मक असरबाट पनि जोगिइन्छ।

३। कृत्रिम आँसु थोपाको प्रयोग 
कृत्रिम आँसु थोपाको प्रयोगले आँखा सुक्खा हुन दिँदैन, जसले गर्दा आँखा पोल्ने, बिझाउने, चिलाउने कम हुन्छ। मेडिकलमा पाइने आँसु थोपा चिकित्सकको सल्लाह अनुसार वा कम्प्युटर प्रयोग गर्दा १र१ घण्टाको अन्तरमा प्रयोग गर्न सकिन्छ।

४। काम गर्ने वातावरण आफू अनुकूल र सहज बनाउनेः तल दिइएका केही बुँदाहरुलाई ध्यानमा राखी आफूले काम गर्ने वातावरण आफू अनुकूल बनाउन सकिन्छ।

क)कोठामा पर्याप्त उज्यालोको प्रयोग गर्ने, 
ख) कम्प्युटरको स्क्रिनको उज्यालोपन र अक्षरको साइज आफू अनुकूल बनाउने,
ग )आँखा र स्क्रिन बीचको दूरी कम्तीमा २५ इन्च राख्ने 
घ) काम गर्दा आँखामा सिधै पर्ने हावा वा झ्यालढोकाबाट आउने बाहिरी प्रकाशबाट जोगिने,
ङ) कम्प्युटरको स्क्रिन लगभग ३० डिग्री माथितिर ढल्काउने र स्क्रिनलाई आँखाको लेबलभन्दा अलिकति तलै राख्ने,
च) आफू काम गर्ने टेबल र कुर्सीको उचाइ आफूलाई सहज हुने गरी मिलाउने,

५। रेगुलर आँखा जाँच गराउने ९लकडाउनको बेलामा होइन०
रेगुलर आँखा जाँच गराउँदा आँखाको पावर, आँखाको मांसपेसीको अवस्था, आँखामा आँसुको मात्राको जाँच गराउनु पर्छ।

प्रत्यक ६र६ महिनामा दृष्टि विशेषज्ञ वा नेत्ररोग विशेषज्ञद्वारा आफ्नो आँखा जाँच गराउनु उपयुक्त हुन्छ।

(कोइराला त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान, बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्रमा अध्यनरत छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement