Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा बालबालिकाको आँखा कसरी जोगाउने?

  |      10:46:00   |  
लकडाउनमा बालबालिकाको आँखा कसरी जोगाउने?

►सरस्वती भण्डारी

बैशाख ३, काठमाडौँ । आँखा मानिसको महत्वपूर्ण अंग हो। आँखा बिनाको संसार अति नै कष्टकर हुन्छ।

आँखामा दैनिक कुनै न कुनै समस्या देखापर्छ। केही समस्या आफैं देखा पर्छन् भने केही समस्या बाहिरी कारणले गर्दा देखा पर्छन्। 

हाल लकडाउनको बेला सानोतिनो आँखाका समस्यालाई त्यति महत्व दिइएको छैन। सामाजिक दूरी कायम गर्नका लागि सामान्य समस्याहरु देखापर्दैमा अस्पताल दौडिनहाल्न सुझाइएको छ।

यस अवस्थामा समग्र विद्यालय तथा बजार बन्द रहेको हुनाले एकातर्फ बालबालिकाहरु घरमै समय बिताउने  हुँदा घरपरिवारमा रमाइलो वातावरणको सिर्जना भएको छ भने अर्कोतर्फ बालबालिका घरमै बस्ने र धेरै चकचक गर्ने हुँदा केही परिवारमा समस्या उत्पन्न भएको पनि हुनसक्छ। 

यस्तो अवस्थामा बालबालिकाको आँखामा देखा पर्नसक्ने  मुख्य समस्याहरु र सोको समाधानका उपायहरु प्रस्तुत गर्ने जमर्को गरिएको छः

१। लामो समयसम्म मोबाइल, टिभी वा ल्यापटप हेर्ने बानीले आँखा सुख्खा हुने, आँखामा बल पर्न गई दुख्ने, टाउको दुख्ने, आँसु आउने, आँखा रातो हुने जस्ता समस्या हुन सक्छन्। यस्ता समस्यालाई कम गर्न मोबाइल, टिभी वा ल्यापटप लामो समयसम्म नहेर्ने, बीचबीचमा झ्यालढोका वा कौसीबाट बाहिरी वातावरण अवलोकन गर्ने, सफा पानीले आँखा धुने साथै मोबाइल, टिभी वा ल्यापटपमाभन्दा परिवारका सदस्यहरुसँग महत्वपूर्ण अनुभव साटसाटलाई समय दिइनुपर्छ।

२। बालबालिकाहरु पढाइलेखाइ कार्य गर्ने क्रममा वा खेल खेल्ने क्रममा तिखा, धारिला पेन्सिल, कलम तथा अन्य वस्तुले आफ्नै वा एक अर्काको आँखामा गम्भीर चोट पुग्नसक्छ। यस्तो अवस्थामा बालबालिकालाई पुस्तकमा मात्र सीमित नराखी अन्य बाहिरी ज्ञान अनुभवका कुरा सिकाउने तथा भान्सा र करेसाबारीमा आफूसँगै व्यस्त गराउन सकिन्छ। तर भान्सा र करेसाबारीमा प्रयोग हुने धारिला वस्तु, आगो र रसायनबाट भने टाढा राख्नुपर्छ।

३। गाउँघरतिरका बालबालिकाहरु अभिभावकसँग मेलापात, घाँस, दाउरा गर्ने क्रममा गहुँको झुस, पातपतिङ्गर, माटो वा झुसिलकिराको झुस आँखामा पर्ने सम्भावना बढी हुन्छ, जुन अत्यन्तै खतरा पनि हुन्छ। त्यस्ता किसिमका समस्या आउन नदिन अभिभावकले विशेष ध्यान दिन जरुरी हुन्छ। यदि कुनै घटना घटिहालेमा तुरुन्तै स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ।

तपाईंलाई फुर्सद हुँदा बालबालिकालाई फुर्सद नहुने तथा बालबालिकाहरुको फुर्सदमा तपाईं व्यस्त हुने भइरहेको हुन्छ। परिवारलाइ राम्रोसँग समय छुट्याउन नसकिरहेको अवस्थामा लकडाउनले तपाईंलाई एक अमूल्य क्षण दिएको छ, जुन न तपाईंको जीवनमा कहिल्यै आएको थियो न अब आउने सम्भावना नै छ। तसर्थ लकडाउनलाई एक अवसरको रुपमा लिई आफ्ना बालबालिकाको व्यावहारिक ज्ञानमा वृद्धि गर्नेतर्फ ध्यान दिनुहुन अनुरोध गर्न चाहन्छु। 

स्मरण रहोस, बालबालिकाको विद्यालय सुचारु भएपछि हाल छुट्न गएको कोर्ष पूरा गर्नका लागि अतिरिक्त कक्षा कोचिङ्गको व्यवस्था तथा तपार्इं आफ्नो व्यापार, व्यवसाय रोजगार लगायत अन्य क्रियाकलापलाई सामान्य  अवस्थामा पुर्याउन रातदिन मिहिनेत गर्ने दिन आउँदैछ। 

उक्त दिनहरुमा तपाईं आफ्नो परिवार र बालबालिकासँग मुस्किलले भेट हुने अवस्था आउँछ। त्यसैले मैले जोड दिँदै भन्न चाहेको कुरा के हो भने यस चुनौतीलाई एक अवसरको रुपमा लिँदै आआफ्नो घरमा सुरक्षित तरिकाले बसौं, आँखा जोगाऔ अन्धोपन हुनबाट बचाऔं। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement