Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने?

  |      11:23:00   |  
लकडाउनमा बालबालिका : मोटोपन बढ्न नदिन के गर्ने?

►सुरक्षा सुवेदी

बैशाख २१, काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट जोगिन र आवश्यक सावधानी अपनाउन विश्वका धेरै मुलुक लगायत नेपालमा पनि सरकारले लकडाउन बढाएको छ। लकडाउन कहिलेसम्म हुन्छ भन्ने यकिन छैन। लकडाउनका कारण बालबालिकाहरु घरमै थन्किएका छन्। उनीहरुलाई दिन काट्न गाह्रो परिरहेको छ।  

यस्तो समयमा आमाबाबुको उचित हेरचाह नपुग्दा बालबालिकामा मोटोपनको समस्या झन् बढ्दै जान्छ। कालान्तरमा यसको प्रभाव नकारात्मक हुन जान्छ। लकडाउन का कारण हरेक घरमा परिवारले आवश्यकभन्दा धेरै चाउचाउ, बिस्कुट, कुरकुरे जस्ता जंकफुड र कोक, फेन्टा, रेडबुल जस्ता पेय पदार्थ जम्मा गरेका छन्। बालबालिकाहरु घरमा बनेको खानेकुरा भन्दा जंक फुड धेरै खाइरहेका छन्।

समय बिताउने नाममा बालबालिकाले घन्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा ध्यान दिइरहेका छन् र शारीरिक रुपमा निष्किय भएका छन्। यसले गर्दा उनीहरुको शरीरमा बोसो बढ्न गई मोटोपनको सिकार हुने गर्छन्।

यसका साथै एकै ठाउँमा धरै समय बिताउने गर्दा शरीरमा रहेको इन्सुलिन, पाचन ग्रन्थी तथा हर्मोनको माध्यमबाट रगत र ग्लुकोजको स्तर बढेपछि गएर मोटोपना भएका बच्चाहरुलाई मधुमेह र आँखामा समेत समस्या हुनसक्ने सम्भावना हुन्छ।

यस्तो बेला बालिबालिकाले दुःख दिए भनेर खुसी पार्ने बहानामा घरमै भएको जंक फुड अत्यधिक मात्रामा दिने गर्नु हुँदैन। अहिले घरमा आमाबाबुले आफ्ना बालबालिकालाई हेरचाह गर्न प्रशस्त समय छ। उनीहरुको रुचि अनुसार घरमै बनेका स्वस्थ खानेकुरा दिन सकिन्छ।

यस्तो समयमा बालबालिका बिहान अबेरसम्म सुत्ने अनि दिउँसो पनि सुत्ने गर्दा एकातिर बानी बिग्रेर पछि स्कूले दिनचर्यामा फर्किन अप्ठ्यारो हुन्छ भने मोटोपन पनि बढ्न जान्छ।

बालबालिकाको सरसफाइमा ध्यान दिन जरुरी छ। उनीहरुलाई आफैं नुहाइधुवाइ गर्न लगाउन सकिन्छ। सानातिना लुगाहरु पनि आफैं धुन सिकाउन सकिन्छ।

बालबालिकालाई व्यायाम योगा ध्यानमा आकर्षित गराउन जरुरी छ। बिहानबेलुका घरभित्रै वरिपरि वा छतमा हिँडाएमा उनीहरु सक्रिय रहने छन्। घरभित्रै नाँचगान गराउन सकिन्छ। हरेक दिन समय उल्लेख गरेर उनीहरुको रुचिअनुसार खानपान र क्रियाकलापको तालिका बनाएर काम गराउन सकिन्छ।

घरभित्रै कोठा मिलाउने, लुगा पट्याउन लगाउने र कोठा सफासुग्घर गर्न सकिन्छ। बालबालिकालाई शारीरिक क्रियाकलाप गराउँदा अभिभावकले आफैँ उदाहरणको रूपमा प्रस्तुत हुनुपर्छ। फुर्तिलो भई उनीहरूलाई सिकाउनुपर्छ। परिवारका सबै सदस्य वा बालबालिकाका साथीहरू समेटेर गराउँदा मनोरञ्जनसमेत प्राप्त हुन्छ। बेलाबेला प्रतियोगात्मक रुपमा अभ्यास गराउँदा बच्चाहरू झन् उत्साहित हुन्छन्।

कोराना भाइरसबारे डर, त्रास देखाएर बालबालिकाको मनोबल घटाउनेभन्दा उनीहरुले उठाएका जिज्ञासाहरु सरल तरिकाले बताउन एकदमै जरुरी छ। आवश्यक मात्रामा साबुनपानीले हात धुने, स्यानिटाइजर र मास्कको प्रयोग गर्ने तरिका बताएर उनीहरुलाई कारोनाविरुद्ध लड्न एकजुट बनाउन जरुरी छ। शारीरिक क्रियाकलाप र खानपानमा आमाबाबुले पर्याप्त मात्रामा ध्यान दिएमा मोटोपनबाट कालान्तरमा लाग्ने रोगबाट छुटकारा पाउन सकिन्छ।

स्रोत :स्वास्थ्यखबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement