Advertisement
Advertisement
Advertisement
Advertisement

लकडाउनको बेला यसरी स्वस्थ्य रहौं

  |      12:15:00   |  
लकडाउनको बेला यसरी स्वस्थ्य रहौं

चैत २६,काठमाडौं  सरकारले लकडाउनलाई आठ दिन थप्दै बैशाख ३ गतेसम्म लम्ब्याएको छ। कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले चैत २५ गते बाट पुन एक साताको लकडाउन घोषणा गरेको थियो।

लकडाउन भएसँगै अधिकांशको काम रोकिएका छन् भने कतिले घरबाटै कामलाई निरन्तरता पनि दिएका छन्। लकडाउनका बेला मानिसहरु अन्य दिनमा जस्तै क्रियाशिल हुन पाउँदैनन्। उनीहरु घर र कोठा भित्रै बस्नुपर्छ।

घरपरिवारसँग बस्नेका लागि केही सहज भएपनि कोठामा बस्ने मानिसका लागि भने त्यति सहज छैन। यो समयमा हामीले स्वास्थ्यप्रति ध्यान दिन सकेनौं भने थप समस्या निम्तन सक्छ।

जनस्वास्थ्य विज्ञ डा अरुणा उप्रेतीका अनुसार यदी हामी निष्क्रिय भयौं भने विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ । जस्तै 
–    भिटामिन डी को कमी हुनु
–    जोर्नी दुख्नु
–    खानाहरु नपच्ने, अपच हुनु
–    कब्जियत हुनु
–    मोटोपना बढ्नु आदि।

डा उप्रेती भन्छिन्, ‘यदी हामी कोठाभित्र मात्र बस्यौं भने भिटामिन डीको कमी हुन सक्छ, शरीर चलायमान भएन भने खाना अपच हुने र कब्जियत हुन सक्छ, जोर्नीमा दुखाई हुन सक्छ।’

लकडाउनले शरीरलाई स्वस्थ राख्न मौका दिएको उनको भनाई छ। घरमै बसेर पनि खानेकुरा र अन्य क्रियाकलापमा ध्यान दिन सकिन्छ। डा उप्रेतीले दिएको केही सुझावहरु 
–    दैनिक रुटिन बनाउने। 
–    कोरोना सम्बन्धी समाचारहरु धेरै नहेर्ने, नपढ्ने। बिहान र बेलुकी मात्र अपडेट लिनुपर्छ।
–    घरभित्रै शारीरिक व्यायाम अथवा विभिन्न योगाहरु गर्ने।
–    घरमै उपलब्ध खानेकुराहरु खाने, बाहिरी तयारी खानेकुरा नखाने। 
–    घरमै बसिरहने हुनाले शरीरलाई धेरै क्यालोरीको आवश्यक पर्दैन। त्यसैले दिनभरी धेरै खानेकुरा नखाने। 
–    चियामा चिनीको सट्टा सख्खर या मह मिसाएर खाने या कागती र बेसार मिसाएर खाने।
–    विभिन्न जानकारीमूलक पुस्तकहरु पढ्ने।
–    बालबालिकासँग समय बिताउने, कुरा गर्ने, नयाँ सिपहरु सिकाउने। 

मानिस घरभित्रै बसिरहने हुँदा उनीहरुममा मानसिक तनाव पनि बढ्न सक्छ। त्यसैले रचात्मक कामहरु गर्न डा उप्रेतीको सुझाव छ । विशेषगरी वृद्धवृद्धा, बालबालिका र गर्भवतीको स्वास्थ्यमा ध्यान दिनुपर्ने उनले बताइन्।

उनले भनिन्, ‘यो हाम्रो लागि चुनौतीसँगै अवसर पनि हो। हामीले आफ्नो स्वास्थ्यमा पूर्ण रुपमा ध्यान दिन सक्छौ र नयाँ कुराहरु सिक्न सक्छौं।’

कोरोनाको महामारी करीब २ सय देशमा फैलिएको छ। नेपालमा पनि नौ जनामा संक्रमण देखिएको छ। यो बेला हामीले लकडाउनको पालना गर्नु बाहेक अन्य विकल्प छैन। त्यसैले लकडाउनको यो समयमा पनि आफ्नो स्वास्थ्यप्रति ध्यान दिऔं।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement