Advertisement
Advertisement
Advertisement
Advertisement

रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज

  |      11:53:00   |  
रुघाखोकी तथा भाइरल ज्वरोको घरेलु उपचारमा उपयोगी प्याज

►डा नमराज धामी

चैत २५, काठमाडौँ । रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै एक दुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाँदा रुघाखोकी तुरन्तै ठिक हुन्छ। ज्वरो तथा रुघाखोकी निको पार्नका लागि प्याजको परम्परागत प्रयोग तथा प्याजका एन्टीभाइरल गुणहरु बिभिन्न अनुसन्धानहरुले समेत पुष्टि गरिसकेको छ। रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको घरेलु उपचारमा प्रभावकारी हुने प्याजको सेवन कोरोना भाइरसको संक्रमण नियन्त्रणमा समेत लाभकारी हुन सक्छ।

नोबेल कोरोना भाइरसको संक्रमणले गर्दा फैलिएको विश्वब्यापी महामारी कोरोना भाइरस ९कोभिड १९०को प्रकोप संसारभरी बढ्दो छ। विभिन्न देशहरुमा कोभिड १९ बिरुद्ध बिभिन्न भाइरस बिरोधी एन्टीभाइरल औषधिहरु सफलतापूर्वक वैकल्पिक प्रयोगमा ल्याइएका तथ्यहरु सार्वजनिक भइसकेका छन्। र तथापि कोभिड १९ को लागि विकास गरिएका प्रभावकारी औषधि तथा खोप अहिलेसम्म उपलब्ध भइसकेको छैन। विश्वब्यापी महामारीको समयमा प्रभावकारी वैकल्पिक एन्टीभाइरल औषधिहरु समेत सर्वसुलभ रुपमा उपलब्ध नहुन सक्छ। यस विश्वब्यापी विपदको अवस्थामा रुघाखोकी बिरुद्ध प्रयोग हुने हाम्रा परम्परागत घरेलु उपचारहरु कोभिड १९ संक्रमित व्यक्तिहरुका लागी सहायोगी हुन् सक्छन्।

यसै सन्दर्भमा लेखकको पारिवारिक अनुभवका आधारमा रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोबाट छुटकारा पाउने सर्वोत्तम घरेलु उपचारका रुपमा तपाई हाम्रो भान्छामा सजिलै उपलब्ध हुने प्याजको सेवन गर्न सकिन्छ। लेखकको अनुभव अनुसार रुघाखोकीको सामान्य लक्षण देखिए लगत्तै  एकदुईटा सामान्य आकारको प्याज दिनमा दुईतीनपटक काचै खाएर आराम गर्दा रुघाखोकी तुरन्तै ठिक हुन्छ। 

सजिलोको लागी प्याजमा अलिकति नून तथा कागतीको रस राखेर पनि खान सकिन्छ। रुघाखोकी संगै ज्वरो आएको खण्डमा प्याजलाई सानोसानो टुक्रा पारी केही समय ९२०(३० मिनेट० दिनमा दुईतीन पटकसम्म सुँघ्ने गरेमा ज्वरो समेत पूर्णतया निको हुन्छ। प्याजका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने, ज्वरो घटाउने, तथा भाइरस विरोधी औषधीय गुणहरु अनुसन्धानबाट प्रमाणित समेत भइसकेका छन्। तसर्थ प्याजको सेवन गरेर रुघाखोकी तथा रुघाज्वरोको असर कम गर्न सकिन्छ। तर खाली  पेटमा र धेरै मात्रामा प्याज खाँदा पेट पोल्ने समस्या हुन सक्छ र खाना खाएपछि निश्चित मात्रा मिलाएर खानु उपयुक्त हुन्छ। 

त्यस्तै रुघाखोकी लाग्दा मनतातो बेसारपानी सेवन गर्नु एवं बेसारपानीले घाँटी सफा गर्नु ९गार्गल गर्नु० अत्यन्तै उपयोगी हुन्छ।  रुघाखोकीको घरेलु उपचारमा बेसारको परम्परागत प्रयोगका साथै बेसारका रोग प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने र रुघाखोकी बिरुद्धका औषधीय गुणहरु बिभिन्न  अनुसन्धानहर बाट पुष्टि भइसकेको छ। रुघाखोकी लाग्दा कतिपय व्यक्तिहरुमा पेट दुख्ने तथा पखाला लाग्ने समस्या पनि देखिन्छ, त्यस्तो अवस्थामा टिमुर ८ देखि १० दाना अथवा आधादेखि एक चिया चम्चा टिमुरको धुलो नचपाइकन औषधि सेवन गरे जस्तै अलिकति पानीसित निल्नसके पखाला र पेटको दुखाईबाट समेत तुरन्तै आराम हुन्छ।

टिमुर चपाएर निल्न निकै गाह्रो हुन्छ।  टिमुरका औषधीय गुणहरु पनि अनुसन्धानहरुबाट पुष्टि पनि भइसकेका छन्।  त्यस्तै गाउँघरतिर सजिलै उपलब्ध हुने गुर्जोको डाँठ तथा पातको रस ९दुईतीन चिया चम्चा० दैनिक सेवन गर्दा रगत शुद्धिकरण गर्दै रोगप्रतिरोधि क्षमता बढाउँछ भन्ने तथ्यहरु बैज्ञानिक अनुसन्धानले पुष्टि गरिसकेको छ। उपरोक्त औषधीजन्य बनास्पतिहरुको सेवन गर्नुका साथसाथै प्रशस्त तातो पानी पिउने, तरकारी, गेडागुडी, च्याउ, मासु आदिको पोषिलो झोल खानेकुराहरु खाने तथा प्रशस्त घाममा बस्ने गर्नाले रोगप्रतिरोधि क्षमता अभिवृद्धि भइ रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको असर निवारणमा सहयोगी हुन्छ। 

रुघाखोकी तथा कोभिड १९ का विषाणुहरू श्वासप्रश्वासको माध्यमद्वारा एक व्यक्तिबाट अर्कोमा सर्ने हुँदा रुघाखोकीको लक्षण देखिएमा अरु व्यक्तिहरुलाई संक्रमण हुनबाट जोगाउन अत्यन्तै सचेत हुनु पर्दछ। तसर्थ रुघाखोकीको लक्षण देखिएमा अन्य व्यक्तिको नजिक नगई एकान्तमा बस्ने र आराम गर्ने गर्नु पर्दछ। साथै सामान्य अवस्थामा प्राथमिक उपचारको रुपमा घरेलु औषधीय बनस्पतिहरुको सेवन र परम्परागत उपचार पद्धतिहरुको प्रयोग गर्न सकिन्छ। विशेषगरी रुघाखोकी तथा रुघाखोकी सम्बन्धित ज्वरोको उपचारमा उपयोगी देखिएको प्याज तथा बेसारको सेवनले रुघाखोकीको संक्रमणलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न सक्छ। तर, बिरामीको अवस्था बिग्रिने जस्तो देखिएमा तुरुन्तै दक्ष स्वास्थ्यकर्मीको सल्लाह अनुसार उपचार गर्नु श्रेयस्कर हुन्छ।

यस लेखमा समेटिएका जानकारीहरु घरेलु अनुभव तथा विभिन्न अनुसन्धानहरुमा प्रकाशित तथ्यहरुका आधारमा रुघाखोकीको प्राथमिक उपचारमा सहयोगी हुन् सक्ने देखिएको हुँदा प्रस्तुत गरिएका हुन्। स्मरण रहोस्, घरेलु जडीबुटीहरु पनि अत्याधिक मात्रामा सेवन गर्दा स्वास्थ जोखिम बढ्न सक्छ त्यसैले नियमित रूपमा खानेकुरामा मसलाको रुपमा प्रयोग गरे जस्तै मात्रा मिलाएर सेवन गर्नका संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था हेरी समयमै चिकित्सकको सल्लाह लिनु सुरक्षित हुन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement