Advertisement
Advertisement
Advertisement
Advertisement

मास्कमै ७ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अध्ययन

  |      11:35:00   |  
मास्कमै ७ दिनसम्म जीवित रहन्छ कोरोनाभाइरस : अध्ययन

चैत २५, काठमाण्डौ। महामारी रुप धारण गरेको ज्यानमारा कोरोनाभाइरसबाट बच्न अहिले विश्वमा मास्क र सेनिटाइजरको प्रयोग बढिरहेको छ।


मानिसबाट मानिसमा सर्ने यो भाइरसको संक्रमणबाट बच्नका लागि अहिले मानिसहरु नाकमुख छोप्न मास्क, आँखा छोप्न चस्मा र हातमा पन्जा लगाउन थालेका छन्। त्यस्तै सामाजिक दूरी पनि मानिसहरुले कायम गरिरहेका छन्।

यस्तैमा हङकङ युनिभर्सिटीको एउटा अध्ययनले अर्को तथ्य सार्वजनिक गरेको छ। जसअनुसार यो भाइरसबाट बच्न लगाइने साधारण वा सर्जिकल मास्कको बाहिर सतहमा यो भाइरस एक हप्तासम्म जीवित रहने अध्ययनबाट बाहिर आएको हो।


विशेषज्ञका अनुसार एन९५ मास्क जीवाणु वा भाइरसबाट सुरक्षा दिन निकै मद्दत मिल्छ। तर साधारण र सर्जिकल मास्क भाइरस फैलिनबाट रोक्न नसक्ने उनीहरुको भनाइ छ। यिनै कारणले एन९५ मास्कको बिक्री निकै भइरहेको छ। कतिपय देशमा यो मास्कको अभाव पनि भइरहेको छ।

एन९५ मास्कमा रहेका ६ लियर हुन्छ, जसले शूक्ष्म जीवाणु वा भाइरसलाई भित्र जान दिनबाट रोक्छ।

त्यसो त स्वस्थ मानिसले मास्क त्यतिखेरमात्र लगाउन आवश्यक हुन्छ जब आसपास कोही बिरामी रहेका हुन्छन्।


अध्ययनले यो भाइरस बैंक नोटमा र सिसाका वस्तुमा ४ दिनसम्म जीवित रहने देखाएको छ। त्यस्तै स्टिल, फलाम र प्लास्टिकमा पनि यो भाइरस ४ देखि ७ दिनसम्म जीवित रहने अध्ययनले निष्कार्ष निकालेको छ।

यसैगरी काठका सामग्री र दैनिक प्रयोगमा आउने कपडामा यो भाइरस पूरै एक दिन जीवित रहन सक्ने बताइएको छ।

अध्ययनले यो भाइरसलाई सजिलै मार्न सकिने निष्कर्ष पनि निकालेको छ। घरमा प्रयोग हुने कीटनाशक औषधि, ब्लिच वा साबुुनबाट यो भाइरस मारिन सक्ने अध्ययनले देखाएको छ। त्यसैले बाहिरबाट आउँदा पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न अध्ययनले सुझाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement