Advertisement
Advertisement
Advertisement
Advertisement

महँगी, कालोबजारी र धार्मिक तनाव नियन्त्रण गर्न सरकारसँग खुश्बु ओलीको माग

  |      16:35:00   |  
महँगी, कालोबजारी र धार्मिक तनाव नियन्त्रण गर्न सरकारसँग खुश्बु ओलीको माग
भदौ ३०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक तथा सांसद खुश्बु ओलीले तराई–मधेसमा देखिएको धार्मिक तनाव, बजारमा बढेको महँगी र कालोबजारी नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पछिल्लो समय तराई–मधेसका विभिन्न क्षेत्रमा देखिएका धार्मिक द्वन्द्वका घटनाप्रति सरकार गम्भीर बन्नुपर्ने बताइन्। उनले यस्ता घटनाले सामाजिक सद्भावमा असर पार्नुका साथै मानवीय क्षतिसमेत निम्त्याउन सक्ने भन्दै घटनाको वास्तविकता सार्वजनिक गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिन्।
तराई–मधेसमा धार्मिक आस्थाका आधारमा युवाहरूलाई धरपकड गरिएको विषयसमेत उनले संसद्मा उठाइन्। यस्ता गतिविधिले समाजमा थप अविश्वास र द्वन्द्व बढाउन सक्ने भन्दै सरकारले संवेदनशील भएर काम गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै ओलीले सरकारको बजार अनुगमनप्रति प्रश्न उठाइन्। खसीको मासु, चामल, चिनी लगायतका अत्यावश्यक वस्तुको मूल्य बढ्दा न्यून आय भएका नागरिक थप मारमा परेको उनले बताइन्।
उनले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा उपभोक्तालाई महँगोमा सामान बिक्री गर्ने व्यवसायीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिन्। साथै, तराईका विभिन्न नाकाबाट हुने भनिएको गौ–तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणमा पनि प्रभावकारी कदम चाल्न उनले आग्रह गरिन्।
ओलीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको सचिवालयबाट जारी विज्ञप्तिमा हिन्दु धर्म तथा परम्परासम्बन्धी विषय उठाइएकोप्रति पनि आपत्ति जनाइन्। धार्मिक तथा सांस्कृतिक विषयमा अभिव्यक्ति दिँदा सामाजिक सद्भावमा असर नपर्ने गरी जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
उनले सबै धर्म, संस्कृति र समुदायको सम्मान गर्दै सरकारले नागरिकका गुनासा सम्बोधन गर्नुपर्ने बताइन्। साथै, शान्ति, सामाजिक सद्भाव, सुशासन र बजार मूल्य नियन्त्रणका लागि सरकारले तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement