साउन १०, काठमाडौं । अहिले मनसुन चलिरहेको छ । कतिबेर पानी वर्षिन्छ पत्तै हुँदैन् । हामीले झरीको मौसममा हामीले लगाउदेखि लिएर खानेकुरासम्म निक्कै होसियारी अपनाउनुपर्छ । बर्षाको मौसममा माछा वा कुनै सिफुडहरु खानु स्वास्थ्यकालागि हानिकारक हुन्छ ।किनकि यो मौसम माछा तथा बाँकी जलीय जिवहरुको प्रजनन्को मौसम हो । यसकारण यो मौसममा यिनको सेवनगरे फुडपोइजनको समस्या हुन सक्छ । यस्ता धेरै व्यक्तिहरु हुन्छन् जो सिफुड धेरै मन पराउँछन् । सिफुडमा सबै भन्दा बढि माछालाई मन पराइन्छ । माछामा यतिधेरै पोषणतत्वहरु पाइन्छन् जुन स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।
यसमा भरपुर मात्रामा ओमेगा ३ फेटिएसिड तथा प्रोटिन पाईन्छ । जस्ले दम, डायवेटिज र क्यान्सर आदि कयौं बिरामीहरुबाट बचाउन सहयोग गर्छ । तर पनि मनसुनको समयमा माछाको सेवनले कयौं बिमारीको खतरा बढ्न सक्छ । जसका कारण यस्ता छन् ।
फुड पाइेजनिङ्ग : बर्षाको समयमा माछा तथा अन्य सिफुडको सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । यो समय माछा तथा बाँकी जलीय जीवहरुको प्रजनन्को समय हो । यसकारण यिनको सेवनले फुड पोइजनिङ्ग समस्या तथा पेटमा समस्या आउन सक्छ ।
जल प्रदुषण : बर्षाको समयमा माछा यसकारण पनि हानिकारक हुनसक्छ किनकि यी दिनमा बर्सातको पानी, नदी र तलाउहरुमा जाने गर्छन् । यसले माछा र पानी दुबै दुषित हुनजान्छ ।
किटनाषक औषधीको प्रयोग : बर्षाको समयमा पानीमा लामखुट्टे तथा अन्य कयौं किटाणुहरु बढ्छन् । जसबाट बच्नकालागि पानीमा किटनाशक औषधी छर्किने गरिएको हुन्छ । यो औषधी माछाको शरीरमा पनि जान्छ । त्यसकारण, माछा खानु ज्यादै हानीकारक हुन्छ ।
स्टोर गरिएको माछा : बर्षामा माछा समात्न गाहृो हुन्छ । यतिबेला प्याक गरिएका माछालाई स्टोर गरि राखिएको हुन्छ । यसले गर्दा माछा धेरै समय सम्म ताजा रहन सकदैन र स्टोर गरिएको माछा जतिजति समय बित्दै जान्छ माछा खराब हुदै जान्छ । यस कारण वर्षाको समयमा माछा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।