Advertisement
Advertisement
Advertisement
Advertisement

भौगोलिक कठिनाइले आगोको भरमा ‘बर्थिङ सेन्टर’

  |      15:05:00   |  
web imege
web imege

पुष ११, रुकुम पूर्व । सदुरमुकाम रुकुमकोट सिस्ने  पालिका अन्तर्गत पर्ने भए पनि वडा नं. १ मा रहेको स्वास्थ्य चौकीसम्म भौगोलिक कठिनाइका कारण सडक सञ्जाल विस्तार हुनसकेको छैन । शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधारको अभावमा यहाँका स्थानीयले गुणस्तरीय सेवा पाउन सकेका छैनन् । 

सिस्ने गाउँपालिकाको स्वास्थ्य चौकी पुग्न सदरमुकाम रुकुमकोटबाट पैदल यात्रामा एकदेखि दुई दिनसम्म लाग्छ । यहाँसम्म कि यहाँ रहेको स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा आगोको भरमा सञ्चालन भइरहेको छ । हिमालको फेदैमा रहेकाले जाडोयाममा यहाँ अत्यधिक चिसो हुन्छ । यहाँ सुत्केरी हुन आउनेहरुलाई आगो बालेर उज्यालो र न्यायोपना गराइँदै आइएको छ ।

सुत्केरी मात्र होइन अन्य रोगका कारण राति आउने बिरामीको उपचार मोबाइल र दाउराको उज्यालोमा हुने गरेको स्वास्थ्यचौकिका नर्स राधिका केसीको भनाइ छ ।

२०७७ मङ्सिर २३ गते उद्घाटन भएको बर्थिङ सेन्टरमा उक्त आर्थिक वर्षमा ३६ जना सुत्केरी भएका थिए । साथै २५ जना घरमै सुत्केरी भएका थिए । त्यसैगरी आव २०७८र७९ मा ५६ जना बर्थिङ सेन्टरमा र १० जना घरमै सुत्केरी भएका थिए भने चालु आवको मङ्सिरसम्म ३५ जनाभन्दा बढी बर्थिङ सेन्टरमा सुत्केरी भइसकेका छन् ।

‘ढुङ्गा र माटोबाट निर्मित दुई कोठे भवनमा बर्थिङ सेन्टर सञ्चालन छ’, केसीले भनिन्, ‘सेन्टरमा हुनुपर्ने आधारभूत आवश्यकता र पर्याप्त भौतिक संरचनाको पनि अभाव छ ।’

बर्थिङ सेन्टर भवनभित्र र बाहिर प्लास्टर गरिएको छैन भने भूइँ पूरै धुलाम्य छ । छाना पनि जस्ताले छाएकाले अत्यधिक चिसो हुने र पानी चुहिने समस्या भएको उनको भनाइ छ । अझ हिमपात पनि भइरहने भएकाले समस्या अझ बढ्ने उनले बताक्ष्न् ।

‘चिसोको समस्या त पहिलेदेखि कै हो यहाँ अर्को समस्या विजुलीको पनि हो’, उनले भनिन्,‘हालसम्म यस वडामा विद्युत् आपूर्ति हुनसकेको छैन ।’

उज्यालोका लागि स्वास्थ्य चौकीमा जडान गरिएको सोलारबाट बर्थिङ सेन्टरसम्म तार ल्याइए पनि दुईरतीन घण्टा मात्र काम गर्ने उनको भनाइ छ । ब्याट्री ब्याक अप पनि नभएकाले समस्या भइरहेको छ ।

रातको समयमा सुत्केरी गराउँदा दाउरा बाली काम चलाइरहेको उनले बताए । सुत्केरी र बच्चालाई न्यानो राख्नका लागि पनि ओछ्यान नजिकै आगो बालिने गरेको उनको भनाइ छ ।

‘यहाँको विकटताका कारण बिरामी पनि स्वास्थ्य चौकीका कर्मचारीले स्ट्रेचरमा बोकेर ल्याउँछन्, उहाँहरुले निकै दुःख पाएर हामीलाई सेवा दिइरहनुभएको छ’, भट्टेचौरकी रामकली बुढाले बताए।

अन्धकारमा यसरी आमा र बच्चाको ज्यानलाई जोखिममा राखेर सुत्केरी गराउदा सुरुआती दिनमा डर लागे पनि अरु विकल्प नभएको राधिकाको भनाइ छ ।

बर्थिङ सेन्टरमा राधिका एक जना मात्र कर्मचारी छन् । उनी बिरामी पर्दा र विदा लिँदा स्वास्थ्यचौकी इञ्चार्ज काशिराम ओलीले सुत्केरी गराउँछन् ।

यो स्वास्थ्य चौकी मात्रै होइन जिल्लामा भएका अन्य बर्थिङ सेन्टर पनि यस्तै अवस्थामा छन् । जिल्लाका अधिकां बर्थिङ सेन्टरमा आधारभूत मापदण्ड पनि नपुगेको रुकुम९पूर्व०अस्पतालका डाक्टर पूर्णबहादुर पुनले बताए ।

रुकुमपूर्वमा एक वटा १५ शय्याको जिल्ला अस्पताल छ भने १५ वटा स्वास्थ्य चौकी र एउटा प्राथामिक स्वास्थ्य केन्द्र छन् । सामान्य बिरामी पर्दा पनि दुर्गम क्षेत्रबाट डोको तथा स्टेचरमा बिरामी बोकेर सदरमुकाम रुकुमकोट र अन्य जिल्लामा जानुपर्ने बाध्यता यहाँका स्थानीयमा छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement