Advertisement
Advertisement
Advertisement
Advertisement

भिटामिन डीले रोगहरूबाट जोगाउँछ

  |      10:19:00   |  
वेब तस्विर
वेब तस्विर

साउन २९, काठमाडौं। प्रत्येक व्यक्ति आजीवन स्वस्थ र निरोगी रहन चाहन्छ । यसका लागि उसले आवश्यक सबै भिटामिन समुचित मात्रामा सेवन गर्नुपर्छ । अहिलेसम्म २० थरिका भिटामिनको खोज भए पनि भिटामिन ए, बी, सी, डी तथा के प्रमुख छन् । 

 

भिटामिन डी

हड्डी बलियो बनाउन क्याल्सियमको आवश्यकता हुन्छ । भिटामिन डीले क्याल्सियमको अवशोषणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । पर्याप्त मात्रामा भिटामिन डीको सेवन गर्ने हो भने हड्डीसित जोडिएको रोगबाट बच्न सकिन्छ । यो भिटामिनले मांसपेशी बलियो बनाउनुका साथै शरीरमा आस्टियोकेल्किन नामक प्रोटिनको निर्माणमा पनि मद्दत गर्छ । यसले बोन मास बढाउँछ र फ्याक्चरको खतरा कम गर्छ ।

 

भिटामिन डीको स्रोत
दूध, मख्खन, माछाको तेल, अण्डाको पहेंलो भाग तथा घाम भिटामिन डीका बलियो स्रोत हुन् । यसबाहेक यसको ट्याबलेट पनि पाइन्छ । यीमध्ये सबैभन्दा राम्रो र सस्तो प्राकृतिक स्रोत हो घाम । शरीरका लागि आवश्यक भिटामिन डीको मात्रा दैनिक रूपमा पाँच मिनेट घाममा बस्नाले प्राप्त हुन्छ । हाम्रो छालामा एर्गेस्टरल नामक एउटा पदार्थ हुन्छ जुन सूर्यको परावैजनी किरणको प्रभावबाट भिटामिन डीमा परिवर्तन हुन्छ ।

 

भिटामिन डीको कमीले हुने रोगहरू

  • महिलाहरूमा भिटामिन डीको कमीले अनेकन प्रभाव उत्पन्न हुन्छ । अमेरिकी शोधकर्ताहरूका अनुसार भिटामिन डीको कमीले फोक्सोको बनावट र कामकाजमा अन्तर आउन सक्छ तथा यसको काम गर्ने क्षमता पनि प्रभावित हुन्छ । यो भिटामिनको कमीले फोक्सो खुम्चिन्छ र वायुलाई धेरै प्रतिरोध सामना गर्नुपर्ने हुन्छ । जसले श्वास–प्रश्वास क्रियामा समस्या उत्पन्न हुन्छ ।
  • भिटामिन डीको कमीले पिठ्यँु र कम्मरको पीडा पनि हुन्छ । एक अध्ययनअनुसार कम्मरबाट पीडित ३६० जना बिरामीमा यो भिटामिनको स्तर जाँच गरिएको थियो । सबैमा यसको मात्रा अपर्याप्त पाइएको थियो ।
  • भिटामिन डीको कमीले हड्डीको सतह कमजोर हुन जान्छ, जसबाट हड्डीबाट जोडिएको कुनै पनि समस्या हुनसक्छ ।
  • हस्पिटलद्वारा गरिएको एक शोधअनुसार भिटामिन डीको कमीले युवतीहरूमा किशोरावस्थामै समस्या आउन सक्छ । यसबाट उनीहरूलाई श्वास–प्रश्वासको समस्या हुनसक्छ ।
  • शरीरको केन्द्र भागमा कम्मर हुन्छ भने शरीरको भार यसमै टिकेको हुन्छ । मेरुदण्ड पूर्णरूपले कम्मरमै टिकेको हुन्छ । 
  • भिटामिन डीको कमी भए मेरुदण्डले शरीरको भार थेग्न गार्‍हो हुन्छ ।
  • भिटामिन डीको मात्रा र शरीरमा मोटोपनको सूचक बडी मास इन्डेक्स, कम्मरको आकार र स्किन फोल्ड रेसाको गहिरो सम्बन्ध हुन्छ । जुन महिलामा भिटामिन डीको कमी हुन्छ, तिनमा भिटामिन डीको मात्रा बढी हुनेहरूको तुलनामा मोटोपन तीव्र रूपमा बढ्छ।
  • प्राय: महिला हाडजोर्नीको समस्याबाट ग्रसित हुन्छन् । उमेर बढ्नुका साथै यो समस्या अझ बढ्छ । सामान्य कामकाज गर्नमा समेत समस्या भएको अनुभव हुन्छ तर भिटामिन डीबाट तिनलाई यो पीडाबाट छुटकारा सम्भव हुन्छ ।
  • महिलाहरूमा कम्मरको पीडाको समस्या पनि साझा समस्याकै रूपमा देखिन्छ । वैज्ञानिकहरूका अनुसार जाडोमा भिटामिन डीको प्रमुख स्रोत घामको सेवन गरे यसबाट छुटकारा प्राप्त गर्न सकिन्छ ।
  • गर्भवती महिलाहरूले विभिन्न समस्याको साक्षात्कार गर्नुपर्ने हुन्छ । गर्भावस्थामा मल्टिपल सिरोसिसको खतरा बढ्छ, जसका कारण भिटामिन डीको कमी हुन्छ ।
  • भिटामिन डी आँखाका लागि लाभदायक हुन्छ । अस्ट्रेलियाई रिसर्च काउन्सिलरको अध्ययनअनुसार यसको सेवनले नजिकको दृश्य हेर्दा हुने कठिनाइमा राहत प्राप्त हुन्छ।
  • जुन महिलाले प्रारम्भदेखि नै भिटामिन डीको सेवन गरेका हुन्छन् तिनलाई रजोनिवृत्तिपछि हड्डीसित जोडिएको समस्या कम हुन्छ ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement