Advertisement
Advertisement
Advertisement
Advertisement

भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु

  |      14:20:00   |  
भारतमा ‘कोविड १९’ बाट एकैदिनमा १ हजार ७ जना संक्रमित भारतभरी १३ हजार ३८७ संक्रमित र ४३७ जनाको मृत्यु

बैशाख ५, काठमाण्डौ । गएको २४ घन्टायता  भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शुक्रबार जनाइएको छ । 
 शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको  यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । 


भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ७४९ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार २०१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । 

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या २३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४३७ पुगेको छ ।


पछिल्ला केही दिनमा कोविड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् ।  शुक्रबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।
 
महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या  ३ हजार २०५ जना पुगेको  शुक्रबार उक्त मन्त्रालय जानकारी दिएको छ । 
यसैबीच महाराष्ट्रमा ३०० जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट १९४ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । 

 महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा  दिल्ली रहेको छ ।  यहाँ मात्र १ हजार ६४० जना कोरोना भाइरस संक्रमित रहेका छन् । दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ३८ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसैबीच ५१ जना भने उपचारपछि घर फर्किएका छन् । भारतमा यसरी दिन प्रतिदिन नयाँ नयाँ संक्रमितहरु थपिँदै जानु चुनौतीपूर्ण भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यसैगरी यस प्रकोपको प्रभावित भारतीय राज्य तमिलनाडु तेस्रो स्थानमा रहेको छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार २६७ जना पुगेको शुक्रबार बिहान प्राप्त समाचार जनाइएको छ ।यी संक्रमितहरु मध्ये १८० जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु  भईसकेको छ ।


 कोराना प्रकोपको संक्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार १३१ कोरोना संक्रमित रहेका शुक्रबार जनाइएको छ । ती मध्ये १६४ जना उपचारपछि घर फर्किसकेका छन्, भने तीन जनाको मृत्यु भएको छ । 
  
त्यसैगरी भारतको मध्यप्रदेश कोरोना भाइरसका संक्रमणको पाँचौ स्थानमा रहेको यहाँ १ हजार १२० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस संक्रमित मध्ये ६४ जना निको भएर घर फर्किएका छन् भने ५३ जनाको मृत्यु भएको छ । यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या मध्ये प्रदेशमा महाराष्ट्रपछि दोस्रो स्थानमा रहेको पाइएको छ । 

उत्तर प्रदेशमा कोविड १९ सक्रमण ८०५ जनामा रहेको छ भने, केरलामा ३९५ यो संक्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस ९कोविड–१९० को सङ्क्रमण रोक्नको बन्दाबन्दी ९लकडाउन० लाई आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ  । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गर्नु भएको २१ दिने लकडाउनको अवधि समाप्त हुँदै गरेको अवस्था पुनः १९ दिनको लकडाउनलाई जोडिएको घोषणा गर्नु भएको थियो । 
 प्रधानमन्त्री मोदीले गत  मङ्गलबार टेलिभिजनबाट सम्बोधन गर्दै भन्नुभयो, “लकडाउनको अबको अवस्थामा अनुगमन कार्यलाई झनै कडा पारिनेछ । आगामी अप्रिल २० तारिखसम्म देशका विभिन्न राज्य तथा जिल्लामा लकडाउन के कसरी कार्यान्वयन भएको छ भन्ने बारेमा विशेष अनुगमन गरिनेछ ।

”यदि राज्य तथा जिल्लाहरुमा लकडाउन राम्रोसँग कार्यान्वयन भएको देखिएमा ती क्षेत्रमा अप्रिल २० पछि अत्यावश्यक सेवा र वस्तुका लागि केही खुकुलो गरिने उहाँले बताउनु भएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement