Advertisement
Advertisement
Advertisement
Advertisement

भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्यामा बृद्धि

  |      15:14:00   |  
web image
web image
जेठ ५, चितवन । लकडाउन जारी रहँदा बिरामी सहज आउन नसक्दा अस्पतालमा अन्य रोगका बिरामीको सङ्ख्या न्यून छन् । तर प्रसूतिका बिरामीको उपचार गराउने अग्रणी अस्पताल भरतपुर अस्पतालमा भने अन्य बेलामा भन्दा अहिले शल्यक्रिया गरेर बच्चा जन्माउनेको सङ्ख्या बढेको छ । 
 
सामान्य अवस्थाका गर्भवतीको शुक्रबार र आइतबारमात्र शल्यक्रिया मार्फत प्रसूती सेवा  प्रदान गरिएकोमा अहिले  सार्वजनिक बिदाबाहेक सबै दिन  सेवा थालिएको छ । अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेलका अनुसार अघिल्लोपटक शल्यक्रिया गरेर नवजात शिशु झिकेका, नवजातशिशु उल्टो बसेका जस्ता गर्भवतीको हप्तामा दुई दिनमात्र शल्यक्रिया गर्ने गरेको भए पनि अहिले दैनिक सेवा सञ्चालन हुँदै आएको छ । आकस्मिक अवस्थाको भने जुनसुकै बेला शल्यक्रिया गरिँदै आएको छ । 
 
पालो मिलाएर नियमित शल्यक्रिया गरिएको उहाँले बताउनुभयो । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वैशाखमा मात्र ७५३ जनाले अस्पतालमा बच्चा जन्माएका छन् । ती मध्ये २७३ जनाको शल्यक्रिया गरिएको हो । गत वर्षको तुलनामा साधारण सुत्केरी सङ्ख्या घटे पनि शल्यक्रिया बढेको उहाँले जानकारी दिनुभयो । चिकित्सक पोख्रेलका अनुसार दैनिक ३० देखि ३५ जना सुत्केरी हुने गरेकामा यो सङ्ख्या २५ देखि ३० मा झरेको छ । 
 
मकवानपुर र गोरखामा प्रसूति सेवा शुरु गरिएको, स्वास्थ्य चौकीमा प्रसूति सेवा शुरु भएको, घरमै सुत्केरी गराउने काम शुरु भएको र कोरोनाको गलत प्रचारका कारण साधारण प्रसूति गराउने घटेको तर शल्यक्रिया गर्नुपर्ने जटिल बिरामी बढेको उहाँले बताउनुभयो । 
 
अन्य बेलामा भन्दा उच्च सावधानी अपनाइ सामाजिक दूरी कायम गरी  प्रसूति विभागमा उपचार गरिएको छ । शङ्का लागेमा गर्भवतीको पिसिआर परीक्षण गराएरमात्र बच्चा झिक्ने गरिएको छ । 
 
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी काठमाडौँको प्रसूति गृहपछि सबैभन्दा बढी सुत्केरी हुने ठाउँ भएकाले अस्पतालले अहिलेको परिस्थितिमा विशेष सावधानी अपनाएको बताउनुभयो । अलग्गै भवनमा स्त्री एवम् प्रसूति रोग विभाग छ । अस्पतालमा हाल कोरोनाका बिरामी छैनन् । यसअघि कोरोनाका बिरामी रहेको हुँदा अस्पतालले अपनाउन शुरु गरेको उच्च सावधानीका कारण सबै बिरामी सुरक्षित रहेको चिकित्सक तिवारीको दाबी छ । 
 
यस क्षेत्रमा नै उत्कृष्ट प्रसूति सेवा भरतपुर अस्पतालले दिने भन्दै उहाँले यस कठिन घडीमा पनि कुनै कमी नहोस् भनेर विशेष ध्यान पु¥याइएको बताउनुभयो । अस्पतालमा गत वर्ष १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए । प्रसूति विभागमा हाल १२ जना विशेषज्ञ र एमडी गर्दै गरेका पाँचजना चिकित्सक कार्यरत छन् । प्रसूति विभागअन्तर्गत ८० जना हाराहारी नर्सिङ स्टाफ छन् । कतिपय तीन दशकदेखिको अनुभवीसमेत रहेको अस्पतालले जनाएको छ । 
 
प्रसूति विभाग प्रमुख पोख्रेल भर्खर गर्भवती भएका महिलामा कुनै समस्या नदेखिएमा पहिलो महिनाको सट्टामा दोस्रो महिनामा आए पनि हुने बताउनुहुन्छ । सामान्यतया गर्भवती महिलालाई हरेक महिना परीक्षण गर्ने गरिन्छ । महिलाको पाठेघरबाट पानी बगेमा, व्यथा लागेमा, रगत बगेमा, बच्चा कम चलेमा, उच्च रक्तचाप भएमा भने तत्काल अस्पतालमा आउनुपर्ने उहाँको सुझाव छ । 
रासस 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement