दाँयाबाट डिजाइनर इश्वर श्रेष्ठ र पुरु तन्डुकार
समर फेसनका लागि डिजाइनर पुरु तन्डुकार र इश्वर श्रेष्ठको सुझाव
वर्डरव : वान्टु वेयर, बागबजार
- गर्मिको सिजन भएकाले कपडामा कटन, सिफन, लेनिन, सिल्क, नेट जस्ता मटेरियलबाट डिजाइन गरेका पहिरनमा ध्यानदिन सके शरीर तथा सौन्दर्यका लागि पनि उपयुक्त हुन्छ ।
- १६ वर्षदेखि ३० वर्षसम्मका युवतीहरुका लागि प्रिन्टेड सिफन कपडाको टप्स र आउटर लङ्ग समरमा उपयुक्त हुन्छ ।
- आउटर लङ्ग सजिलो हुनुको साथै आरामदायी हुन्छ । यो आउटर पेन्ट, लेगिन्ज र प्लाजोमा पनि लगाउन सकिन्छ ।
- समरमा धेरैलाई कस्तो पहिरन लगाउने भन्ने दोधार पनि भइरहेको हुनसक्छ । यस्तो अवस्थामा सिफन, जर्जेट र चिलोन जस्तो कपडाकोका कुर्ती, टप्स आउटर, पन्चु तयार गरि लगाउने हो भने समर त कुल हुन्छ नै सुन्दरतामा पनि निखार ल्याउछ ।
- अधिकांश महिलाहरुका लागि कटन प्रिय हुन्छ र कटन समरमा उपयुक्त पनि मानिन्छ । यसकारण, कटनका पहरिन तयार गर्ने सोचमा हुनुहुन्छ भने कटनको टप्स, सलवार कुर्ती, क्याजुअल टप्स, बनाएर लगाउन सकिन्छ ।
- समर वेयरका लागि अन्य उपायहरु पनि अवलम्वन गर्न सकिन्छ । जस्मा आफ्नो रोजाइलाई प्राथमिकता दिएर त्यसपछि कलर छनोटमा पनि निकै सजगता अपनाउनुपर्ने हुन्छ । जस्तो लाइट पिंक, लाइट पहेंलो, लाइट लेमन, लाइट सि ग्रिन, सेतो रंगमा फ्लावर प्याटनको पहिरन प्रयोग गरि डिजाइन गरेका पहिरन लगाउने हो भने हेर्नमा सितल र लगाउन पनि आरामदायी हुन्छ।
Share this with your friends: