Advertisement
Advertisement
Advertisement
Advertisement

फेसनमा लेहेंगा चोली

  |      12:31:00   |  
फेसनमा लेहेंगा चोली

असार ३१, काठमाडौं । समय अनुसार फेसनमा परिवर्तन आउनु अहिले सामान्य मानिन्छ । हरेक दिन जसो फेसनमा नयाँपन देख्न बजारका आउटलेट हेरे पुग्छ । यस्को प्रत्यक्ष उदाहरण अहिलेको फेसन बजार नै हो । मानिसहरुको सोचाइलाई फेसनले परिवर्तन गराएको छ । मानिसको व्यक्तित्व पहिरनमा निर्भर गर्छ भन्नेहरुको संख्या पनि बढ्दै गएको छ  । झट्ट हेर्दा पहिरन फेसनका लागि मात्र हो भन्ने बुझिएपनि आरामदायी तथा सफा व्यक्तित्व झल्किने भएकाले अहिलेका युवायुवती फेसनमा सचेत छन् । फेसन एउटा समयको माग हो । समय संगसंगै पहिरनहरुको डिजाईन पनि परिवर्तन भएको पाइन्छ । बिगत ५ वर्षदेखि पार्टी लगायत विभिन्न समारोहमा अझ धेरै फेसनेवल पहिरन देख्न सकिन्छ ।

 

गएका वर्षहरु भन्दा अहिलको फेसन बजारले नेपालमा आफ्नो छुट्टै पहिचान बनाएको छ। अहिलेको फेसन बजार हेर्ने हो भने लेहेंगा चोलीको माग निकै छ । 

 

पछिल्लो समय लेहेंगा चोली भन्दा फेसन पारखिको ध्यान गाउनतर्फ पनि आकर्षित भएको पाइन्छ । लगाउदा सजिलो र स्टाइलिस्ट लुक्स देखिने भएकोले पार्टी र क्याजुअल वेयर दुवैमा तयार गर्न मिल्ने गाउनले मार्केट तताएको छ । 

 

विशेष गरी ग्रे,बेबी पिकं,सी ग्रीन,नेबी ब्लु,लेमन ग्रीन जस्तो रंगका लेहेंगा चोलीको माग निकै बढेको छ । पार्टी वेयरका निम्ति जरजेट, सिफन, रअ सिल्क, स्वीच स्र्याटन जस्ता कपडामा हातद्धारा एउटा गाउनलाई आकर्षक पोसाक बनाउन सकिन्छ भने प्रिन्टेड सिफन, प्रिन्टेड रअ सिल्क,प्लेन रअ सिल्क र टिस्युमा क्याजुअल वेयर तयार गर्न सकिन्छ । जसमा ग्राहकको इच्छा अनुसार लङग गाउन र सर्ट गाउन तयार पारिन्छ ।

 

समर स्टाइल टिप्स : 
- गर्मिको सिजन भएकाले कपडामा कटन, सिफन, लेनिन, सिल्क, नेट जस्ता मटेरियलबाट डिजाइन गरेका पहिरनमा ध्यानदिन सके शरीर तथा सौन्दर्यका लागि पनि उपयुक्त हुन्छ । 

- १६ वर्षदेखि ३० वर्षसम्मका युवतीहरुका लागि प्रिन्टेड सिफन कपडाको टप्स र आउटर लङ्ग समरमा उपयुक्त हुन्छ । 

- आउटर लङ्ग सजिलो हुनुको साथै आरामदायी हुन्छ । यो आउटर पेन्ट, लेगिन्ज र प्लाजोमा पनि लगाउन सकिन्छ । 

- समरमा धेरैलाई कस्तो पहिरन लगाउने भन्ने दोधार पनि भइरहेको हुनसक्छ । यस्तो अवस्थामा सिफन, जर्जेट र चिलोन जस्तो कपडाकोका कुर्ती, टप्स आउटर, पन्चु तयार गरि लगाउने हो भने समर त कुल हुन्छ नै सुन्दरतामा पनि निखार ल्याउछ । 

-  अधिकांश महिलाहरुका लागि कटन प्रिय हुन्छ र कटन समरमा उपयुक्त पनि मानिन्छ । यसकारण, कटनका पहरिन तयार गर्ने सोचमा हुनुहुन्छ भने कटनको टप्स, सलवार कुर्ती, क्याजुअल टप्स, बनाएर लगाउन सकिन्छ । 

- समर वेयरका लागि अन्य उपायहरु पनि अवलम्वन गर्न सकिन्छ । जस्मा आफ्नो रोजाइलाई प्राथमिकता दिएर त्यसपछि कलर छनोटमा पनि निकै सजगता अपनाउनुपर्ने हुन्छ । जस्तो लाइट पिंक, लाइट पहेंलो, लाइट लेमन, लाइट सि ग्रिन, सेतो रंगमा फ्लावर प्याटनको पहिरन प्रयोग गरि डिजाइन गरेका पहिरन लगाउने हो भने हेर्नमा सितल र लगाउन पनि आरामदायी हुन्छ । 

 

-डिजाइनर इश्वर श्रेष्ठ र पुरु तन्डुकारसँगको कुराकानीमा आधारित जानकारी

-वान टु वेयर 

-इन्द्रचोक न्युरोड, काठमाडौं 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement