Advertisement
Advertisement
Advertisement
Advertisement

फकाई वा प्रलोभनमा पारी गर्भपतन गराए पाँच वर्ष सम्मको कैद सजाय हुने

  |      23:30:00   |  
फकाई वा प्रलोभनमा पारी गर्भपतन गराए पाँच वर्ष सम्मको कैद सजाय हुने

सन्दिप वि.क

काठमाडौं । गर्भवती महिलालाई कसैले करकाप गरी वा धम्की दिई वा ललाई फकाई वा प्रलोभनमा पारी गर्भपतन गराए पाँच वर्ष सम्मको कैद सजाय हुने भएको छ । यसका साथैँ पचास हजार रुपैँया सम्मको जरिबाना समेत गरिने भएको छ ।

मुलुकी ऐनको हालै संशोधन गरेको नयाँ व्यवस्थाले यस्तो प्रावधान राखेको हो । नयाँ व्यवस्थाले गर्भ संरक्षण विरुद्धको कसुर ३ को उपदफा १ वा २ बमोजिम सजाए को व्यवस्था गरेको हो । जसअन्र्तगत बाह्र हप्तासम्मको गर्भ भए एक वर्षसम्म कैद र दश हजार रुपैँयासम्म जरिबाना, बाह्र हप्ता भन्दा बढी भए, पच्चीस हप्ता भन्दा बढी पच्चीस हप्तासम्मको गर्भ भए तीन वर्षसम्म कैद र तीस हजार रुपैँया सम्मको जरिबाना हुने व्यवस्था गरेको छ । यस्तै पच्चीस हप्ता भन्दा बढीको गर्भ भए पाँच वर्षसम्म कैद र पचास हजार रुपैँयासम्म जरिबाना हुनेछ ।

मुलुकी ऐनको नयाँ व्यवस्थाले गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भपतन गराएमा गर्भपतन गरेको नमानिने व्यवस्था गरेको छ । गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भन्ने निर्धारित योग्यता पुगी सम्बन्धित विषयमा इलाज गर्न इलाजत प्राप्त कम्तीमा दुईवटा चिकित्सकको रायभई त्यस्ती महिलाको मन्जुरीले गर्भपतन गराएमा गर्भपतन गर्न सकिने व्यवस्था गरिएको छ ।

जबरजस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ गर्भवती महिलाको मन्जुरीले गर्भपतन गराएमा र रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु एच.आई.भी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग शरीरमा भएकी महिलाको मन्जुरीले गर्भपतन गराएकोमा गर्भपतन गरेको मानिन्दैन ।

व्यवस्थापिका संसद्अन्तर्गतको विद्यायन समितिको प्रतिवदेनहरु परिमार्जन सहित पारित भै व्यवस्थापिका संसदमा छलफलको क्रममा छ । संसदबाट पारित भएपछि ती कानुनहरु २०७५ साल भदौ १ गतेबाट लागू हुनेछ । मुलुकी ऐन वि.स.१९१० भन्दौ १ गते तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले लिखित कानुनका रुपमा मुलुकी ऐन जारी गरेका थिए । सोही सोही दिनको सम्झनामा विस्ताथपित कानुनु लागू गर्न लागिएको हो । महिला खबर 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement