Advertisement
Advertisement
Advertisement
Advertisement

प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

  |      11:20:00   |  
प्रेममा पर्दा स्वास्थ्यमा हुने ९ फाइदा

बैशाख २, काठमाडौँ । माया गर्नु, प्रेम गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ। माया, प्रेम वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ। मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन्। मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः

छालामा चमक

मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ। आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ। विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्डोरथिन्सलगायतका हर्मोन निष्कासन गर्छ। यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ।

डिप्रेसन जित्ने शक्ति

माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ। वैज्ञानिकहरुका अनुसार मायाले इन्डोरथिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पुर्‍याउँछ। शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँछ।

कमजोरीबाट टाढै राख्छ

अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ। यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन्।

रक्तचाप घटाउँछ

एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य ९अविवाहित वा एकल०को तुलनामा न्यून थियो। तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ।

तनाव घटाउँछ

मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो। राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ। यसबाहेक तपाईं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ।

उपचार छिटो

हो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ। अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो। नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ। निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ।

दीर्घायुको अवसर

विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन्। मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ। जोडीमध्ये एउटालाई समस्या पर्दा अर्कोलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ।

शारीरिक तन्दुरुस्ती

सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ। यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ।

मासिक धर्म नियमित

माया र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ। प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement