साउन १३, बेसीशहर, लमजुङ । लमजुङमा सम्पन्न भएको सौन्दर्य प्रतियोगितामा प्रथम मिस क्विन लमजुङ–२०१८ को उपाधि मोनिका गुरुङले जितेकी छन् । बेसीशहरमा शनिबार सम्पन्न प्रतियोगितामा आठ प्रतियोगीलाई पछि पार्दै मोनिकाले ताज पहिरेकी हुन् ।
तनहुँ इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगिताबाट ताजसँगै मोनिकाले नगद रु ५० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेकी छन् । विजेता मोनिकाले ताजसँगै प्रतियोगिताको मोष्ट ब्युटिफुल टाइटल पनि हात पारेकी छन् ।
प्रतियोगितामा फस्ट रनरअपको उपाधि बेसीशहरकी सारा तामाङ र सेकेण्ड रनरअपको उपाधि बेसीशहरकै मोनिका श्रेष्ठले हात पारेकी थिइन् । उनीहरुलाई ताज पहिरिएर उपाधिको ट्रफी, क्रमशः नगद रु १५ हजार, १० हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
विजेताहरुलाई गण्डकी प्रदेश सभा सांसद मधु अधिकारी, आयोजक संस्थाका अध्यक्ष सरिता थापालगायत प्रतियोगिताका निर्णायकको टोलीले उपाधि प्रदान गरेको थियो ।
प्रतियोगितामा बेसीशहरकी सुमीना श्रेष्ठले मिस डिसिप्लेन शीर्षकको उपाधि जितेकी छन् । त्यस्तै मिस ट्यालेन्ट र मिस फ्रेन्डली उपाधि शर्मिला परियार, मिस फोटोजेनिकमा सलिना पराजुली, मिस स्माइलमा भोटेओडारकी सिम्रोन श्रेष्ठ र मिस स्किनमा पुनम तामाङले उपाधि जितेका छन् । करीब एक महिना लामो प्रशिक्षणपश्चात् शनिबार प्रतियोगिता समापन गरिएको हो ।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...