Advertisement
Advertisement
Advertisement
Advertisement

प्रचण्ड पत्नी सीताको भावुक बनाउने तस्वीर: छोरीहरु गंगा र रेणुले किन शेयर गरे

  |      12:57:00   |  
Web : Image
Web : Image

चैत २९,काठमाडौं ।  शनिवार प्रचण्डका दुई छोरीहरू रेणु दाहाल र गंगा दाहालले आफ्नी आमा सीता दाहालको फोटो सामाजिक सञ्जालमा फेसबुकमा सार्वजनिक गरे । आमा क्याप्सन लेखेर सार्वजनिक गरेको फोटोमा ३१ हजारले ‘रियाक्ट’ गरेका छन् भने झन्डै १४ हजारले स्वास्थ्य लाभको कामना गरेका छन् । 

बिरामी भएर सुतेकी आमा सीता दाहालसँग छोरी गंगाले आमा र दिदी रेणु दाहालसहित ३ जनाको ‘सेल्फी’ फोटो लिएकी हुन् । फोटोमा सीता दाहाल पहिले भन्दा दुब्लाएको देखिन्छ । सो फोटो सार्वजनिक भएपछि धेरैले उनको अवस्थाबारे जिज्ञासा राख्दै स्वास्थ्यलाभको कामना गरेका छन् । 

के भएको हो सीता दाहाललाई रु यस्तो छ उनको स्वास्थ्य अवस्था 
प्रचण्ड पत्नी सीता हाल चितवनमा रहेकी छिन् । चितवनमा दिदी रेणु दाहालको घरमा पुगेका बेला सो तस्वीर लिइएको गंगा दाहालले जानकारी दिइन् । त्यस्तो कुनै सन्दर्भ नभई दिदीसँग भेटेका बेला सो तस्वीर लिइएको उनले बताइन् । 
आमाको स्वास्थ्य अवस्था सामान्य नै रहेको छोरी गंगा दाहालले बताएकी छिन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘आमाको स्वास्थ्य अवस्था सामान्य नै छ । फोटो हेरेपछि धेरै मान्छेहरु आत्तिएका छन्, त्यस्तो बिग्रिएको छैन । तौल केही घटेको छ ।’

उनको उपचार नियमित रुपमा चलिरहेको छ । नियमित रुपमा थेरापी र औषधी चलाइराखेको उनले बताइन् ।  दाहालमा विगत ४ वर्षदेखि पार्किन्सन भन्ने स्वास्थ्य समस्या रहेको छ ।  उनी दुर्लभ स्वास्थ्य समस्याका रुपमा रहेको प्रोग्रेसिभ सुपर न्युक्लियर पाल्सी ९पी।एस।पी० बाट पीडित रहेकी छिन् । चिकित्सकहरूका अनुसार यो समस्या मस्तिष्कमा असर परेपछि हुने गर्छ । जसबाट मानसिक असन्तुलनका साथै हिड्न, बोल्न र निल्न समेत गाह्रो हुने गर्छ । यो समस्या ६० वर्ष उमेर माथिकालाई हुने चिकित्सकहरुको भनाई छ । एकमात्र छोरा प्रकाश दाहालको २०७४ साल मंसिरमा हृदयघातबाट निधन भएपछि उनमा स्वास्थ्य समस्या बढ्दै गएको थियो । २०७५ साल चैतमा उनलाई उपचारका लागि अमेरिका लगिएको थियो । 

सीताले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका आफ्ना पति पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जीवनभरी राजनीतिक यात्रामा साथ दिँदै आएकी छिन् । २०५२ सालमा भएको जनयुद्धमा सपरिवार उनले पनि भूमिगत जीवन बिताएकी छिन् । 

साभार : रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement