भदौ ३१, काठमाडौ। ल्याप्रोस्कोपी सेन्टर नेपाल प्रालिको आयोजना एवं पीबी नेपाल प्रा.लि., होप फर्टिलिटी सेन्टर एवं ब्लुक्रस हस्पिटलको सहकार्यमा भदौ ३० गते शनिवार द एभरेष्ट होटल, काठमाडौंमा नेपालमै पहिलो पटक एकदिने बृहत् स्वास्थ्य सम्बन्धी जानकारीमूलक सन्देशसहित नेपाल र भारतका उत्कृष्ट स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुको सम्मेलन सम्पन्न भएको छ ।
एक दिने सम्मेलनमा भारतका प्रख्यात स्त्रीरोग एवं आईभीएफ विशेषज्ञहरुले कसरी यस समस्यालाई न्यूनीकरण गर्न सकिन्छ भनेर आफ्नो अनुभव सुनाएका थिए ।
यसैगरी नेपालका प्रख्यात स्त्रीरोग, निःसन्तान एवं ल्याप्रोस्कोपी विशेषज्ञहरुले नेपालमा स्त्रीरोग तथा प्रसूति रोगको अवस्था र बिना चिरफार गरिने उपचार पद्धति अर्थात् ल्याप्रोस्कोपी र हिस्टेरोस्कोपीका फाइदा सम्बन्धी विस्तृत छलफल गरेका थिए ।