Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालमा कोरोना सङ्क्रमणबाट गम्भीर बिरामीको सङ्ख्या केही सातादेखि स्थिरु रहनुको कारण के होला?

  |      15:45:00   |  
web image
web image

साउन ६, काठमाडौ । उनीहरूका भनाइमा यो अवस्थाले नेपालमा कोरोनाभाइरसको जोखिम कम नभएको र कुनै पनि बेला फेरि सङ्क्रमणको दर उकालो लाग्नसक्ने जोखिम रहेको देखाएको छ।

यद्यपि त्यसका लागि भाइरसको भेरिअन्ट र स्वास्थ्य मापदण्ड पूरा गरिएको वा नगरिएको कुराले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरू बताउँछन्।

कोभिड नियन्त्रणका लागि सरकारका तर्फबाट लगाइएका अधिकांश प्रतिबन्धहरू हटाइएकाले सबैलाई विशेष सतर्कता अपनाउन पनि अधिकारीहरूले आग्रह गरेका छन्।

गम्भीर बिरामीको अवस्था
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार गएका केही सातादेखि नेपालमा कोभिडका गम्भीर बिरामीको सङ्ख्यामा खासै कमी आएको देखिँदैन।

मन्त्रालयले हरेक दिन सार्वजनिक गर्ने विवरणमा अस्पतालका सघन उपचार कक्ष,आईसीयू, र कृत्रिम स्वास्प्रश्वास यन्त्र, भेन्टिलेटर, मा रहेका बिरामीको सङ्ख्यामा खासै कमी नआएको देखिएको हो।

यद्यपि कैयौँले मन्त्रालयले सङ्कलन र सार्वजनिक गर्ने विवरणमा कैयौँको तथ्याङ्क नसमेटिएकोू र त्यो नै यथार्थ अवस्था झल्काउने विवरण नहुन पनि सक्नेू भन्दै प्रश्न उठाएका विवरणहरू पनि पछिल्ला दिनमा सार्वजनिक भएका छन्।

विगत एक साताको तथ्याङ्क हेर्दा आईसीयूमा रहेका बिरामीको सङ्ख्या दैनिक पाँच सय ६० देखि ६ सयको बीचमा देखिएको छ।

त्यो सङ्ख्या भनेको गत वैशाख-जेठमा नेपालमा कोरोनाभाइरस सङ्क्रमण उच्च विन्दुमा पुगेको अवस्थाको एक तिहाई हो।

तर केही सातादेखि गम्भीर बिरामीको सङ्ख्या स्थिर देखिनुलाई कोरोनाभाइरसको जोखिम कम नभएको रूपमा लिनुपर्नेू स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए।

सरकारीमा चाप
कोभिडका गम्भीर बिरामीको चाप अहिले सरकारी अस्पतालमा परिरहेको अधिकारीहरूको भनाइ छ।

अस्पतालमा कार्यरत कतिपय चिकित्सकहरूले सामाजिक सञ्जालमा आफ्ना अस्पतालमा गम्भीर बिरामीको सङ्ख्या बढेको भन्ने जानकारीहरू बेला बेला लेख्ने गरेका छन्।

प्रवक्ता पौडेल भन्छन्, हामीले अहिले निजी अस्पतालले कोभिड बिरामीलाई गरेको उपचारको शोधभर्ना नगर्ने नीति लियौँ। त्यो पनि सरकारी अस्पतालमा भर्ना हुने कोभिडका गम्भीर बिरामीको सङ्ख्या बढ्नुको एउटा कारण हुनसक्छ।

सरकारले गत असार ८ गते निजी अस्पतालहरूलाई उपचारको सोधभर्ना नगर्ने निर्णय गरेको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल अहिले पनि कोरोनाभाइरसको सङ्क्रमण नघटेको बताउँछन्।

पौडेल भन्छन्, परीक्षण गरिएकामध्ये २० देखि २५ प्रतिशतमा सङ्क्रमण देखिने गरेको छ। त्यो भनेको चाररपाँच जनामा परीक्षण गर्दा एकजनामा देखिनु हो।

समग्रमा अवस्था स्थिर नै छ। जोखिम पनि उत्तिकै छ।

- बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement