web image
भदौ १६ , काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढीबाट करिब १ लाख ६० हजार महिला तथा किशोरी प्रभावित भएको संयुक्त राष्ट्रसंघीय संस्था यूएन वुमनले जनाएको छ। बाढीबाट प्रभावित महिला तथा किशोरीले खाद्यान्न, खानेपानी, स्वास्थ्य तथा संरक्षण सेवाको अभावसँगै हिंसाको थप जोखिमसमेत सामना गरिरहेका छन्।
बाढीले घर तथा समुदाय विस्थापित भएपछि महिला र किशोरीको दैनिक जीवन थप कठिन बनेको यूएन वुमनले जनाएको छ। विशेषगरी स्वास्थ्य तथा संरक्षणसम्बन्धी सेवामा अवरोध हुँदा उनीहरूका लागि आवश्यक आधारभूत सेवा प्राप्त गर्न चुनौती थपिएको छ।
संस्थाका अनुसार विपद्का बेला महिला तथा किशोरीमाथि हुने हिंसाको जोखिम बढ्ने भएकाले राहत तथा उद्धारका कार्यक्रमहरूमा उनीहरूको सुरक्षा र विशेष आवश्यकतालाई प्राथमिकतामा राख्न आवश्यक छ।
बाढी प्रभावित क्षेत्रमा महिला तथा किशोरीका लागि स्वास्थ्य सेवा, सुरक्षित आश्रय, खानेपानी, खाद्यान्न तथा आवश्यक संरक्षण सेवाको पहुँच सुनिश्चित गर्न तत्काल सहयोग आवश्यक रहेको यूएन वुमनले जनाएको छ।
Share this with your friends: