Advertisement
Advertisement
Advertisement
Advertisement

निःशुल्क पाठेघर शिविर

  |      00:00:00   |  
Symbolic Image
Symbolic Image

लमजुङ, १८ फागुन  बँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ क्लबले  संयुक्त रुपमा शिविरको आयोजना गरेका थिए । 
चण्डीस्थान स्वास्थ्य चौकी भवनमा सञ्चालन गरिएको शिविरमा पाठेघरको परीक्षण गराएका मध्ये एक जनामा अर्बुद्धरोग र  अर्काे एकको पाठेघरमा ट्युमरको समस्या देखिएको जिल्ला सामुदायिक अस्पतालका स्त्रीरोग विशेषज्ञ डा हेमा छन्त्यालले जानकारी दिनुभयो । त्यस्तै, चिकित्सकका अनुसार ३० मा पाठेघरको मुखमा घाउ र १० मा पाठेघर खस्ने समस्या भएको पाइएको छ । शिविरमा चार जनाको पाठेघरमा रिङप्रेसरी राखिएको छ । शिविरमा  चिकित्सक छन्त्याल, स्वाथ्यकर्मी सुशीला रिमाल र सङ्गीता भण्डारी, चण्डीस्थान स्वास्थ्य चौकीका अनुपमा रेग्मी र अशोक तामाङ गरी पाँच स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।
महिलामा पाठेघर खस्नु, सङ्क्रमण हुनु र अन्य समस्या देखिनु मुख्य कारण कम उमेर बच्चा जन्माउनु चाँडोचाँडो बच्चा जन्माउनु, सरसफाइमा ध्यान नदिनुलगायतका कारण रहेकोस्त्रीरोग विशेषज्ञ  छन्त्यालले जानकारी दिनुभयो । 
शिविर वल्र्डभिजन इन्टरनेशनल नेपाल र जनचेतना अभिवृद्धि तथा विकास अध्यान समिति (कोपाडेस) को आर्थिक सहयोग तथा बेँसीशहर नगरपालिका–६ वडा कार्यालय र चण्डीस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन गरिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताउनुभयो । ग्रामीण भेगमा अधिकांश महिला समस्या भएर पनि लुकाएर राख्ने हुनाले महिलालाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

  रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement