Advertisement
Advertisement
Advertisement
Advertisement

दक्षिण कोरियाबाट आयो दुःखद् खबर, ठिक भएर फर्किएका ५१ जनामा फेरि कोरोना पोजेटिभ

  |      16:13:00   |  
दक्षिण कोरियाबाट आयो दुःखद् खबर, ठिक भएर फर्किएका ५१ जनामा फेरि कोरोना पोजेटिभ

चैत २५, काठमाण्डौ। कोरोनाभाइरससँगको लडाइँमा निकै वाहवाही बटुलेको दक्षिण कोरियाबाट एउटा दुखद् खबर सार्वजनिक भएको छ।

दक्षिण कोरियामा कोरोनाबाट संक्रमित भएर निको भएर घर फर्किएका का ५१ जना पुनः यो भाइरसको चपेटामा परेका हुन्। यसका कारण स्वास्थ्य विशेषज्ञहरुले चेतावनी दिएका छन् कि कोरोना संक्रमित मानिस ठिक भए पनि यसको भाइरस शरीरभित्र रहने हुँदा सावधानी नअपनाए फेरि देखिन सक्छ।

योन्हप न्युज एजेन्सीका अनुसार दक्षिण कोरियाको बिरामी रोकथाम केन्द्रका अनुसार दाइगो र उत्तरी ग्येओङसाङ प्रान्तसँग जोडिएका इलाकामा बसोबार गर्ने ५१ जना मानिसमा फेरि कोरोनाको संक्रमण देखिएको हो। केन्द्रका निर्देशक जिओङ उन क्योङले ठिक भइसकेका मानिस फेरि कोरोना संक्रमण देखिने सम्भावना रहेको स्वीकारेका छन्।


ती मानिसमा पुनः कोरोनाको लक्षण देखिएपछि दक्षिणका कोरियाका स्वास्थ्य अधिकारीहरुलाई त्यस क्षेत्रमा जाँचपड्तालका लागि खटाइएको थियो। टोलीमा रहेका विशेषज्ञ कमी तेई क्युङका अनुसार जो मानिस निको भएर फर्किएका थिए उनीहरुमा पुनः संक्रमण देखिएको छ। ‘यसको मतलब ती मानिसको शरीरभित्र रहेका कोरानाभाइरस पुनः सक्रिय भएका छन्’, उनले भने।

विशेषगरी कोरोना संक्रमित मानिसमा केही दिनको उपचारपछि ठिक हुन लागेको निक्र्यौल गर्न अन्तिममा २४ घन्टाको अन्तरालमा दुईपटक कोरोना टेस्ट गरिन्छ। यदि ती दुवै टेस्ट नेगेटिभ आएमा बिरामी ठिक भएको मानिन्छ।

दक्षिण कोरियामा सोमबार ५० जना नयाँ संक्रमित फेला परेका थिए। योसँगै दक्षिण कोरियामा संक्रमितको संख्या १० हजार २८४ पुगेको छ।  त्यहाँ हालसम्म १८६ जनाको ज्यान गइसकेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement