Advertisement
Advertisement
Advertisement
Advertisement

तीन प्रदेशका २० स्थानीय तहमा महिला स्वास्थ्य र लैंगिक हिंसा प्रतिकार्य कार्यक्रम

  |      17:00:00   |  
web image
web image

भदौ ४ , काठमाडौं ।संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष र विश्व स्वास्थ्य संगठनले नेपालका तीन प्रदेशमा महिला, बालिका, किशोरी तथा सीमान्तकृत समुदायको स्वास्थ्य, अधिकार र कल्याण सुधार गर्ने नयाँ कार्यक्रम सुरु गरेका छन्।
नर्वेजियन दूतावास र स्विस विकास सहयोगको आर्थिक सहयोगमा सुरु गरिएको दुईवर्षे कार्यक्रमका लागि ६० लाख अमेरिकी डलर बराबरको सहयोग प्रतिबद्धता गरिएको छ।
कार्यक्रम कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका २० स्थानीय तहमा सञ्चालन हुनेछ।
कार्यक्रमले महिला तथा बालिकाको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्नुका साथै लैंगिक हिंसाबाट प्रभावित व्यक्तिका लागि स्वास्थ्य तथा संरक्षण सेवा प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
यसअन्तर्गत संघ, प्रदेश र स्थानीय सरकारको क्षमता अभिवृद्धि गरी स्वास्थ्य तथा लैंगिक हिंसासम्बन्धी नीतिलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रयास गरिनेछ।
कार्यक्रममार्फत स्वास्थ्यकर्मीको क्षमता विकास, स्वास्थ्य सेवाको गुणस्तर सुधार, लैंगिक हिंसाबाट प्रभावित व्यक्तिका लागि आवश्यक सेवा विस्तार तथा समुदायमा स्वास्थ्य र अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गरिनेछ।
सेवाको आवश्यकता परेका महिला, बालिका तथा अन्य व्यक्तिले कहाँ र कसरी आवश्यक सहयोग प्राप्त गर्न सक्छन् भन्नेबारे पनि समुदायलाई जानकारी दिइनेछ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका नेपाल प्रतिनिधि श्रीराम हरिदासले नेपालले यौन तथा प्रजनन स्वास्थ्य अधिकार र लैंगिक हिंसासम्बन्धी प्रगतिशील नीति तथा कानुनी संरचना निर्माण गरे पनि त्यसलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु चुनौती रहेको बताए।
विश्व स्वास्थ्य संगठनकी कार्यवाहक नेपाल प्रतिनिधि डा। एलिसन गोकोटानोले स्वास्थ्य प्रणालीको क्षमता सुदृढ गर्ने, उपचारसम्बन्धी मापदण्ड सुधार गर्ने र स्वास्थ्यकर्मीलाई एकीकृत तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सक्षम बनाउने बताइन्।
नयाँ कार्यक्रमले नेपालमा विगत एक दशकमा सञ्चालन भएका लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य र प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रमबाट प्राप्त अनुभवलाई समेत उपयोग गर्नेछ।
कार्यक्रमको मुख्य उद्देश्य हरेक महिला र बालिकाले आफू बसेको स्थान वा सामाजिक अवस्थाका आधारमा कुनै पनि भेदभावबिना आवश्यक स्वास्थ्य, संरक्षण र सहयोगसम्बन्धी सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको आयोजकले जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement