Advertisement
Advertisement
Advertisement
Advertisement

फैसला कार्यान्वयनमा ढिलाइ हुनु स्वाभाविक होइन : मन्त्री गौतम

  |      12:40:00   |  
फैसला कार्यान्वयनमा ढिलाइ हुनु स्वाभाविक होइन : मन्त्री गौतम

भदौ २५, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले अदालतबाट भएका फैसला कार्यान्वयनमा ढिलाइ हुनु स्वाभाविक विषय नभएको बताएकी छन्।

बिहीबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री गौतमले अदालतले गरेको फैसला कार्यान्वयन प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताइन्।

उनले फैसला कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको बताइन्। अदालतबाट फैसला भएपछि त्यसको कार्यान्वयन नहुँदा नागरिकले न्याय पाएको अनुभूति गर्न नसक्ने उनको भनाइ थियो।

बैठकमा सांसदहरूले फैसला कार्यान्वयनमा भइरहेको ढिलाइ र न्याय पाउने प्रक्रियामा हुने लामो समयबारे सरकारको ध्यानाकर्षण गराएका थिए।

सांसद निनुकुमारी कर्णले अदालतबाट फैसला हुनुअघि नै लामो समय लाग्ने र फैसला भइसकेपछि पनि कार्यान्वयनमा ढिलाइ हुने अवस्था अन्त्य गर्नुपर्ने बताइन्।

उनले नागरिकले समयमा न्याय पाउन नसक्नु गम्भीर विषय भएको भन्दै फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गरिन्।

मन्त्री गौतमले पनि फैसला कार्यान्वयनमा देखिएका कमजोरीलाई सुधार गर्नुपर्ने बताउँदै यस विषयलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरिन्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement