Advertisement
Advertisement
Advertisement
Advertisement

मनोसामाजिक अवस्था बुझेर मात्रै भोटेकोशी बाढी प्रभावित विद्यार्थीलाई विद्यालय फर्काउन निर्देशन

  |      11:23:00   |  
मनोसामाजिक अवस्था बुझेर मात्रै भोटेकोशी बाढी प्रभावित विद्यार्थीलाई विद्यालय फर्काउन निर्देशन

भदौ २५, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विद्यार्थीको मनोसामाजिक अवस्था बुझेर आवश्यक परामर्श तथा सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न शिक्षा विभागले सम्बन्धित पालिका र विद्यालयलाई निर्देशन दिएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले बुधबार साँझ पत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। बाढीका कारण विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले उनीहरूलाई तत्काल नियमित पठनपाठनमा फर्काउनुअघि मानसिक तथा भावनात्मक अवस्था पहिचान गर्नुपर्ने विभागले जनाएको छ।

विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी बाढी प्रभावित विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न आग्रह गरेको छ। अवस्था हेरेर आवश्यक विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा अन्य सहयोग उपलब्ध गराउनसमेत विभागले निर्देशन दिएको छ।

विद्यार्थी नियमित कक्षामा सहभागी हुन मानसिक रूपमा तयार भएको सुनिश्चित गरेपछि मात्रै पठनपाठन सञ्चालन गर्नुपर्ने विभागको भनाइ छ। विपद्पछि विद्यार्थीमा देखिन सक्ने डर, तनाव र मानसिक आघातलाई बेवास्ता गर्दा उनीहरूको सिकाइ तथा दैनिक व्यवहारमा समेत असर पर्न सक्ने भएकाले विद्यालय फर्काउने प्रक्रियामा मनोसामाजिक पक्षलाई प्राथमिकता दिन भनिएको हो।




Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement