Advertisement
Advertisement
Advertisement
Advertisement

महिलामा क्यान्सर परीक्षण बढाउँदै कामपा, निःशुल्क स्वास्थ्य जाँच

  |      15:11:00   |  
महिलामा क्यान्सर परीक्षण बढाउँदै कामपा, निःशुल्क स्वास्थ्य जाँच
भदौ २३, काठमाडौं । काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा स्त्रीरोगको निःशुल्क परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
महानगरको वडा नं. २७ ले आउँदो असोज १७ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। शिविर सञ्चालनका लागि वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौता गरिसकेको छ।
वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने अवधारणासहित कार्यक्रम अघि बढाएको छ। महानगरपालिकाले यसलाई क्रमशः अन्य वडामा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ।
सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महिलामा क्यान्सरको लक्षण देखिनुअघि नै सम्भावित जोखिम पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइन्। उनका अनुसार सहरी क्षेत्रका धेरै नागरिकमा रोग लाग्नुअघि नियमित परीक्षण गराउने अभ्यास अझै कमजोर रहेकाले टोलमै पुगेर सेवा उपलब्ध गराउन खोजिएको हो।
वडाध्यक्ष योगेश खड्गीले घरदैलोमै सञ्चालन हुने शिविरबाट धेरै महिला लाभान्वित हुने विश्वास व्यक्त गरेका छन्।
निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारका अनुसार प्रारम्भिक परीक्षणका क्रममा जटिल समस्या देखिएमा थप परीक्षण र उपचारमा अस्पतालले सहजीकरण गर्नेछ। आवश्यक परे वडाको सिफारिसमा अल्ट्रासाउन्ड, मेमोग्रामलगायतका परीक्षणसमेत गराउन सकिने व्यवस्था मिलाइने उनले बताए।
यसअघि पनि काठमाडौं महानगरपालिकाले क्यान्सर रोग परीक्षणका लागि एकमहिने शिविर सञ्चालन गरेको थियो।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement