भदौ ३१, काठमाडौं । यस वर्षको तीज गीतमा चर्चित गायिका विष्णु माझी र एलिना चौहानबीचको भ्युज प्रतिस्पर्धा चर्चामा आएको छ। पछिल्लो समय विष्णु माझीको गीतले एलिनाको गीतलाई भ्युजमा पछि पारेको छ।
भ्युजको दौडमा पछि परे पनि एलिनाले भने आफूका लागि युट्युबमा प्राप्त भ्युजलाई मात्र सफलताको मापदण्डका रूपमा नलिने बताएकी छन्। उनका अनुसार भ्युज उनका लागि केवल अंक हुन् र गीत तथा संगीतप्रतिको आफ्नो यात्रालाई उनी त्यसकै आधारमा मूल्यांकन गर्दिनन्।
तीजको अवसरमा सार्वजनिक भएका गीतमध्ये विष्णु माझी र एलिना चौहानका गीतले दर्शक–श्रोताको उल्लेख्य ध्यान खिचेका छन्। सामाजिक सञ्जाल तथा युट्युबमा गीतका भ्युजलाई लिएर कलाकारका समर्थकबीच पनि चर्चा भइरहेको छ।
नेपाल प्रेसका अनुसार एलिनाले भ्युजलाई लिएर आफूलाई दबाबमा नराख्ने धारणा व्यक्त गरेकी छन्।