Advertisement
Advertisement
Advertisement
Advertisement

तिहार, छठ पर्व लगत्तै सरकारले १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने

  |      18:06:00   |  
Web Image
Web Image


कात्तिक ७, काठमाडौं ।  सरकारले तिहार, छठ पर्व लगत्तै १२ वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । १२ वर्षमाथिका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण प्रसाद पौडेलले जानकारी दिए । सोमबार अर्थात भोलि कोभ्याक्स सुविधा अन्र्तगत एक लाख ६ सय मात्रा फाइजर खोप अमेरिकाबाट आउने उनले बताए । फाइजर खोप दिन प्रयोग गरिने सिरिज भने आज नै आइपुग्ने उनले बताए । उक्त खोप १२ वर्षदेखि १८ वर्षसम्मका दीर्घरोगी बालबालिका र यसअघि खोप लगाउन छुटेका अन्य उमेर समूहका  दीर्घरोगीलाई छठ लगत्तै खोप दिने योजना बनाएको उनले सुनाए।

फाइजर खोप एक महिनासम्म भण्डारण गर्न सकिने भएकाले दीर्घरोगीको लागि स्थानीय प्रदेश र केन्द्रका खोप केन्द्रमा पठाइने भएको छ । फाइजर खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिइने उनले बताए । अमेरिकाबाट सोमबार नेपाल आइपुग्ने फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका सबै बालबालिकालाई नपुग्ने भएकाले दीर्घरोगी बालबालिकालाई स्वास्थ्य मन्त्रालयले प्राथमिकता दिएको हो । फोक्सो, मधुमेह, उच्च चाप, मुटु, मृगौला लगायत दीर्घरोगीले खोप पाउने छन् ।

फाइजर खोप अमेरिकी फाइजर बायोएनटेक कम्पनीले उत्पादन गरेको हो । यस खोप युएस फुड एन्ड ड्रग एडनिनिस्ट्रसले १६ वर्षमाथिका बालबालिकालाई खोप लगाउने अनुमति दिएको थियो । पुनः  ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकामा पनि यो खोप निकै प्रभावकारी देखिएको एक अध्ययनले देखाएको छ।  

लक्षणसहितको कोरोना संक्रमण रोक्न अर्थात नियन्त्रणका लागि ९१ प्रतिशत काम गरेको अध्ययनले देखाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले यस खोपलाई ५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई अनुमति दिने नदिने सम्बन्धमा निर्णय गर्ने भएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement