Advertisement
Advertisement
Advertisement
Advertisement

टेवानबाट विपन्न महिलाको कोरोना बीमा

  |      20:01:00   |  
web image
web image

असार १२, चिप्लेढुङ्गा । पर्यटन व्यवसायी महिला संघ नेपाल ९टेवान० ले पोखरामा रहेका  विपन्न तथा असहाय महिलाको कोरोना बीमा गरेको छ । पोखराका फुटपाथ तथा डोकामा बोकेर फलफूल र तरकारी व्यापार गर्ने १९ महिलाको सामूहिक कोरोना बीमा गरिएको टेवानका महासचिव कमला गिरीले जानकारी दिनुभयो । 

बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख तेलप्रसाद अधिकारीका अनुसार सम्झौता भएको १५ दिनपछि बीमा लागु हुनेछ । आगामी चैतसम्म पिसिआर परीक्षणमार्फत पोजिटिभ नतिजा आउनेले रु एक लाख रुपैयाँ पाउनेछन् । “सडकमा व्यापार गर्नेहरुमा कोरोनोका सङ्क्रमण हुने सम्भावना बढी हुन्छ”, अधिकारीले भन्नुभयो । कमाएर परिवार पाल्नेको बीमा गर्दा पछि बिरामी भइहाले त्यसवापत पाउने रकमले केही राहत मिल्ने उहाँको भनाइ थियो । 

टेवान अध्यक्ष लक्की कार्की क्षेत्रीले सङ्क्रमणको उच्च जोखिममा रहेका फुटपाथ पसले महिलाको बीमासम्म पहुँच हुन नसक्ने भएकाले संस्थाले उनीहरुको बीमा गरेको बताउनुभयो ।  पोखरा–६ का वडाध्यक्ष जगत पहारीले टेवानले फरक सोच राखेर विपन्न महिलाको कोरोना बीमा गरेकामा  सराहना गर्नुभयो। 

यसैबीच गण्डकी प्रदेशको पछिल्लो विवरणानुसार आजसम्म्म १०१  जना कोरोना जितेर घर फर्केका छन् ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा गोरखाको गण्डकी गाउँपालिकाका पाँच पुरुष, गोरखा नगरपालिकाका तीन पुरुष र एक महिला गरी नौ जना आज निको भएर घर फर्केको जनाइएको छ । यससँगै प्रदेशमा कोरोना जित्ने सय जना नाघेका हुन् ।

प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगेका छन् । आज बिहान तनहुँ, स्याङ्जा ,बागलुङ र नवलपुरका २५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म दुई सङ्क्रमितको मृत्यु भएको छ ।
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement