Advertisement
Advertisement
Advertisement
Advertisement

जाडो मौसमका लागि डिजाइनर राधा ढकालको ड्रेस सेन्स

  |      15:54:00   |  
जाडो मौसमका लागि डिजाइनर राधा ढकालको  ड्रेस सेन्स

पुस २, काठमाडौं । मौसमी पहिरनमा बिशेष ध्यानदिन सके व्यक्तित्व कहिल्यै घट्दैन । समय परिवर्तन संगै फेसन सेन्स पनि परिवर्तन गर्न सक्नु स्वयंमका लागि उपयोगि हुन्छ । अहिले जाडोले नेपालको भूगोल नै चिसिएको छ । कतै समान्य चिसो त कतै कठांग्रिने जाडो छ । काठमाडौंको चिसो छल्न विभिन्न डिजाइनका पहिरनमा ठाटिएर हिड्ने कलेजका युवायुवतीदेखि कामकाजी महिलापुरुष र गृहणी, सबै उमेर समुहले ड्रेस सेन्समा सचेत हुन सके कहिल्यै आफूले लगाएको पहिरनका कारण असहज महसुस गर्नुपर्ने अवस्था आउँदैन् । अहिले चिसो मौसममा फेसनमा कसरी सचेत हुने भन्ने विषयमा नेप्लिज वुमनसँग बिशाल बजारस्थित इगल आइज फेसन हाउसकी डिजाइनर राधा ढकालले गरेको कुराकानी । 


विन्टर सिजनका कस्ता पहिरनहरु तयार गर्दै हुनुहुन्छ ?

अहिले म ऊलन र जुटका पहिरनहरु तयार गरिरहेकी छु । नेपाली फेसन पारखिहरुले सबै भन्दा बढी शरीरलाई न्यानो प्रदान गर्ने पहिरन नै जाडोयाममा लगाउने हुनाले सोही प्रकारका पहिरन बनाउन व्यस्त छु । 

 

कुन रंगका पहिरनले जाडोमा न्यानोपना महसुस गराउँछ ?

डार्क, ब्लु, ब्ल्याक जस्ता रंगमा खेलेर तयार गरिएका पहिरन नै यो मौसमका लागि न्यानो महसुस गराउँछन् । यस्तै किसिमका पहिरनको माग पनि अहिले बढेको छ। 

 

विन्टर पहिरन र समर पहिरन तयार गर्दा पाइने फरकहरु कस्ता छन् ?

फरक छ, किनभने समरमा पातला पहिरन लगाउँदा गर्मी महसुस खासै हुँदैन् । तर जाडोमा अलिक बाक्ला र काठमाडौंको माइन्स डिग्री चिसोलाई छल्ने पहिरन लगाउनुपर्ने भएकाले हामी डिजाइनरले विन्टरका पहिरन भिन्दै र समरका भिन्दै प्रकारले तयार पार्छाै । यो मौसमको माग बमोजिम गर्ने गरिन्छ  र आवश्यक पनि छ । 


जाडो सिजनमा नै विवाहको सिजन पनि पर्ने भएकाले यति बेला कस्ता पहिरनको माघ बढी हुन्छ ?

हो जाडो मौसममा नै विवाहका लगन बढी जुर्ने हुँदा पहिरन बनाउँदा निकै ध्यान दिनुपर्छ । चिसो पनि छेक्ने लुक्स पनि आकर्षक देखिने किसिमका पहिरन तयार गर्नुपर्छ । अहिलेको समय भनेको आममानिस फेसनमा सचेत हुँदै गएकाले पनि यी सबै कुरालाई ध्यान दिएर डिजाइन तयार गरिन्छ । अहिले लेहेंगा, चोली, साडीहरुको नै बढी माग छ । यी नै पहिरनलाई मौसम अनुसार तयार पार्न हामी डिजाइनर सचेत हुन्छौं । 

 

डिजाइनरको हिसाबले ग्रहाकको लागि कस्तो टिप्स दिनुहुन्छ ?

मुख्यतः आफूलाई सुहाउँने खालका पहिरना नै ध्यान दिन सल्लाह दिन्छु । अरुले भनेको भरमा भन्दा आफूलाई लगाउँदा सहज हुने, आरामदायी हुने खालका पहिरन नै पहिलो रोजाइमा पर्नुपर्छ । अन्यथा लगाएको लुगाले स्वयंमलाई हिडडुल गर्न अप्ठेरो हुन्छ । काम गर्न सहज हुने खालका पहिरन नै उपयोगी हुन्छन् । आफूले लगाएका पहिरन हिड्नुभन्दा अगाडी म्याच गरेको छ कि छैन भनेर विचार पुर्याउनुपर्छ  । 
 

प्रस्तुतिः निशा धमला 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement