Advertisement
Advertisement
Advertisement
Advertisement

जलवायु विपद् रोक्न क्षतिपूर्तिभन्दा पूर्वाधारमा लगानी बढाउन सुनिता डंगोलको जोड

  |      10:45:00   |  
web image
web image
भदौ ३०, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जलवायु परिवर्तनबाट हुने क्षति भएपछि राहत र क्षतिपूर्ति दिनुभन्दा विपद् रोकथामका लागि पहिले नै लगानी गर्नुपर्ने बताएकी छन्।
मुस्ताङको घरपझोङ गाउँपालिकामा मंगलबारदेखि सुरु भएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ को सफलताको शुभकामना दिँदै डंगोलले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिम कम गर्न पूर्वतयारी र सुरक्षित पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताएकी हुन्।
घरपझोङ गाउँपालिकाका अध्यक्षलाई पठाएको पत्रमा उनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, भूक्षय, डुबान, खडेरी, अतिवृष्टि तथा अनावृष्टिजस्ता प्राकृतिक विपद्को जोखिम बढिरहेको उल्लेख गरेकी छन्। यस्ता जोखिमबाट हुने जनधनको क्षति कम गर्न वैज्ञानिक र दीर्घकालीन उपाय अपनाउन ढिला भइसकेको उनको भनाइ छ।
हालै भोटेकोसीमा आएको बाढीबाट भएको क्षतिलाई समेत ध्यानमा राख्दै आगामी दिनमा सम्भावित विपद् रोक्न सुरक्षित पूर्वाधारमा लगानी बढाउनुपर्ने डंगोलले बताएकी छन्।
उनका अनुसार जलवायु परिवर्तनको प्रभाव नेपालका हिमाल, पहाड, तराई, उपत्यका र बेँसी सबै क्षेत्रमा देखिन थालेको छ। ठाउँअनुसार जलवायु परिवर्तनको असर फरक भए पनि कुनै पनि क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको उनले उल्लेख गरेकी छन्।
जलवायु परिवर्तनले मानव जीवनसँगै प्रकृति, वनस्पति, जैविक विविधता र प्राकृतिक वासस्थानमा समेत असर पारिरहेको भन्दै डंगोलले यस विषयमा विश्वव्यापी रूपमा गम्भीर छलफल र सहकार्य आवश्यक रहेको बताएकी छन्।
घरपझोङमा आयोजना गरिएको सम्मेलनले जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र त्यसको समाधानका उपायबारे महत्वपूर्ण छलफल गर्ने विश्वास व्यक्त गर्दै उनले सम्मेलनको सफलताको शुभकामना दिएकी छन्।
सम्मेलनमा सहभागी हुने इच्छा भए पनि केही प्राविधिक कारणले भौतिक रूपमा उपस्थित हुन नसकेको भन्दै डंगोलले घरपझोङ गाउँपालिकालाई धन्यवादसमेत दिएकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement