Advertisement
Advertisement
Advertisement
Advertisement

चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्ने नेपालमा धेरै, सेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा

  |      00:00:00   |  
चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्ने नेपालमा धेरै, सेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा

काठमाडौं । एन्टिबायोटिकको प्रयोग बढ्दो छ । चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक सेवन गर्नेको संख्यामा नेपालमा झन् धेरै छ । एन्टिबायोटिक सेवन गर्नुअघि ध्यान दिनुपर्ने १० कुरा : 

१. एन्टिको अर्थ बिरुद्ध र बायोटिकको अर्थ अत्यन्तै सानो जीवित ब्याक्टेरिया भन्ने हुन्छ । तसर्थ ब्याक्टेरियाको संक्रमणबाट जोगाउन यसको प्रयोग हुन्छ । भाइरल वा फन्जाई रोगबिरुद्ध लड्न यो प्रयोग हुँदैन ।

२. सामान्यतया दिनमा दुईदेखि तीन पटक एन्टिबायोटिक खाने र खुवाउने चिकित्सकहरुले सामान्य सुझाव दिन्छन् । आफ्नै हिसाबले कहिल्यै पनि यो औषधी खानु हुन्न । आवश्यक भन्दा बढी खाँदा पाचन प्रणालीमा असर गर्छ ।

३. चिकित्शकको सुझाब अनुसार मात्र एन्टिबायोटिक खानुपर्छ । केही दिन पछि सन्चो भयो भन्दैमा बिचमै छोड्नु हुँर्दैन ।

४. सामान्यतया खाना खाएपछि मात्र एन्टिबायोटिक खानुपर्छ । तर, कतिपय अवस्थामा चिकित्सकले खानु अगाडि वा खानासँगै औषधी लिन सुझाव दिन्छन् । औषधी खाँदा चिल्लो खानेकुरा, मदिरा, पिरो लगायतका खानेकुरा खानुहुँदैन ।

५. एन्टिबायोटिकले गट व्याक्टेरियालाई पनि आक्रमण गर्छ । जुन स्वास्थ्यका लागि लाभदायक हुन्छ । गट फ्लोरा र एन्बिायोटिकको खराब अशरको प्रति आक्रमण गर्न प्रोबायोटिक वा खानासँगै दही खानुपर्छ ।

६. एन्टिबायोटिक सेवन गर्दा दैनिक २ देखि ३ लिटर पानी खानुपर्छ । शरिरलाई हाईड्रेड गर्न र शरिरबाट अनावश्यक रसायन र विषादीलाई फाल्न नियमित फलफुलको जुस खुवाउनुपर्छ ।

७. औषधी खाँदा पच्न सजिलो हुने र नुन कम भएको खानेकुरा खानुपर्छ किनकी औषधीले पाचन प्रणालीलाई केही असर गरेको हुन्छ । तेलीय खानेकुराबाट टाढै रहनुपर्छ । अन्य समयमा भन्दा थोरै तर नियमित खानेकुरा खानुपर्छ ।

८. एन्टिबायोटिक औषधी खाँदा एन्टीएसिड ९एसिडिटीलाई तटस्थ बनाउने वा काउन्टरअट्याक गर्ने ० र भिटामिन बी पूरक लिनुपर्छ । औषधी खाँदा आईरन सप्लिमेन्ट लिनु हुँदैन । क्याल्सियमको सप्लिमेन्टलाई निरन्तरता दिन सक्नुहुन्छ ।

९. एन्टिबायोटिक खाखाइरहँदा हल्का व्यायाम वा योगा गर्नसक्नुहुन्छ ताकी मेटाबोलिजम सशक्त हुन्छ । व्यायायमले तपाईलाई सक्रीय मात्र होइन रोगबिरुद्ध लड्न सहयोग गर्छ । तर, औषधी खादा हल्का तर निरन्तर व्यायायम गर्नुपर्छ ।

१०. एन्टिबायोटिक खाँदा कब्जियत वा पखाला जस्ता पाचनसँग सम्बन्धित समस्या हुनु स्वभाविक हो । यी समस्या देखिएमा औषधी खान छोड्नु हुँदैन । समस्या देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनुपर्छ । चिकित्सकले औषधी पविर्तन गरिदिन सक्छन् ।

-Swasthyakhabar


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement