Advertisement
Advertisement
Advertisement
Advertisement

गणतन्त्रको विकल्प पश्चगमन हुन सक्‍दैन : सञ्‍चारमन्त्री रेखा शर्मा

  |      15:36:00   |  
web image
web image

जेठ ११, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी छिन्।

बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति हाम्रो सम्पदा’ नामक तस्वीर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र लोकतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताएकी हुन्।

‘राम्रोलाई राम्रो, नराम्रोलाई नराम्रो भन्न सक्ने कुरा पनि गणतन्त्रबाट सम्भव भएको हो। यदि गणतन्त्र, लोकतन्त्र हुन्नथ्यो, हामीलाई यसरी बोल्ने स्वतन्त्रता हुँदैनथ्यो भने हाम्रा शासक, सत्ता सञ्चालकहरुले गरेका कमजोरी र गल्तीलाई पनि हामी बाहिर बोल्न सक्दैनथ्यौ होला,’ उनले भनिन्, ‘त्यसकारणले यहाँ भएका समस्याहरुलाई सुधार गर्ने भनेको पनि गणतन्त्रले नै हो।  गणतन्त्र, लोकतन्त्रको विकल्प फेरि पश्चगमन हुन सक्दैन। पछाडि फर्कने कुरा हुन सक्दैन।’

उनले लोकतन्त्र र गणतन्त्र नहुँदा मानिसलाई बोल्ने स्वतन्त्रता समेत नभएको उल्लेख गर्दै उनले गणतन्त्रको विकल्पमा पुनः पछाडि फर्कन नसकिने स्पष्ट पारिन्।

उनले विभिन्न भ्रष्टाचारको विषयहरु उठाएर गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठ्ने गरेको भन्दै ती समस्याहरुको समाधान पनि गणतन्त्र भित्रै सम्भव भएको बताइन्।

उनले भनिन्, ‘अहिले आउँदाखेरी यस्तो भयो, यत्रा भ्रष्टाचारका कुराहरु आए, दुनियाँभरी भएका छन्। यो भन्दा त हिजोकै राजतन्त्र ठिक नि भन्ने खालका प्रश्न पनि तपाई हाम्रा बीचमा उठ्ने गरेका छन् । मान्छेहरुले उठाउने गरेका छन् । तर विषय त्यस्तो होइन । के हो भने, यसको विकल्प, समाधान त्यो होइन । गणतन्त्रको समाधान गणतन्त्र भित्रै सम्भव छ । लोकतन्त्र भित्र भएको समस्याको समाधान लोकतन्त्र भित्रै सम्भव छ । बाहिर गएर यो समस्याको समाधान सम्भव छैन ।’

उनले सरकार सञ्चालनमा भएका त्रुटिहरुलाई व्यवस्थासँग जोडेर हेर्न नमिल्ने बताइन् । उनले गणतन्त्रले दलित, महिला लगायतका उत्पीडित समुदायहरुलाई राजनीतिको शीर्ष तहमा लगेको भन्दै व्यक्तिले गरेको गल्तीलाई प्रणालीसँग जोड्न नमिल्ने बताइन् ।

उनले राज्यको माथिल्लो तहमा पुगको कोही व्यक्ति बिग्रिएमा गणतन्त्रको दोष नभएको बताइन् ।

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement