पुस २७, काठमाडौं । खेलकुद मन्त्री डिगबहादुरलाई मातृ वियोगको केही महिना पछि लिम्बुलाई पत्नी वियोग परेको छ ।
गङ्गामाया लिम्बुको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समय देखि लिभर क्यान्सरको उपचार गराइरहेकी उनको घरैमा निधन भएको छ।
लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्कार स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले बताए ।