Advertisement
Advertisement
Advertisement
Advertisement

खालि पेटमा कागती पानी खाए शरीरलाई धेरै फाइदा

  |      11:44:00   |  
web image
web image

असार २३, काठमाडौं । विज्ञहरुको अनुसार बिहान ६ देखि ७ बजे खालि पेटमा कागती पानी पिउनु फाइदाजनक हुन्छ । कागती पानी भिटामिन सी मात्र हैन यसमा पोटासियम, क्यालसियम, फोस्फोरस र म्याग्नेसियम प्रचुर मात्रामा पाईन्छ । यसकारण पनि कागती पानी स्वास्थ्यका लागि उपयोगी मानिन्छ । कागती पानीका के के फाइदा हुन सक्छन् थाहा पाउन प्रत्येक पृष्ठ पढ्नुहोस् । 

पानीको अभाव हटाउनुहोस्
शरीरमा पानीको अभाव छ भने कागती पानी खाएर पूरा गर्न सकिन्छ । बिरामी व्यक्तिको मुखको स्वाद धेरै तीतो हुन्छ । यस्तो बेलामा पनि कागती नुन तथा हल्का चिनी मिसाएर बनाएको कागती पानी पिउनु शरीरका लागि लाभदायी हुन्छ । त्यसैले इलेक्ट्रोलाइट्स सन्तुलनमा आउँछ । इलेक्ट्रोलाइट्सले शरीर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । यदि कुनैसमय तपाइको शरीरको इलेक्ट्रोलाइट्स सन्तुलन भएन भने बान्ता आउने समस्या हुन्छ । 

अनुहारको चम्क  बढ्छ
कागतीको रसमा हुने फोलेट अनुहारमा जान्छ । जस्ले सुरक्षा र छालालाई प्राकृतिक चमक दिन्छ । बिहान कागतीको रस हल्का तातो पानीसँग खायो भने शरीरमा पिएच सन्तुलित हुन्छ । जस्ले शरीरमा विष निकाल्नको लागि काम गर्छ । कागती पानी विशेषगरी बिहान खालि पेटमा सेवन ग¥यो भने लाभदायक हुन्छ । आजकाल बच्चाहरु पनि मोटोपनको शिकार भइरहेका छन् । यस्ता बेलामा खानेकुरामा ध्यान दिएर दैनिक एक गिलास कागती पानी खान दियो भने निकै फाइदा गर्दछ । 

थकान कम गर्दछ 
शरीरमा भिटामिन सी को अभावका कारण धेरै मानिसहरु बिरामी हुन्छन् । जसको कारण बिरामीहरुमा कमजोरी, थकावट, रतmस्राव शरीरमा पीडा रतmअल्पता हुन्छ । कागती पानीमा पर्याप्त मात्रामा भिटामिन सी पाईन्छ । यस्ले रोग प्रतिरोधक क्षमता पनि बढ्छ । कागतीको रस कलेजोको लागि धेरै काम गर्दछ । कब्जियतबाट पीडित व्यतिmले कागती पानी दिनमा दुई पटक खायो भने कब्जियतको समम्याबाट आराम पाउन सक्छन् । कागती पानी खानाले मृगौलामा पथरीको समम्या हटाउन पनि सकिन्छ । कागतीमा साइटरेट नामक पदार्थ हुन्छ जस्ले मृगौलामा पथरी हुने क्याल्सियमको निर्माण रोक्दछ । कोलेस्ट्रोल नियन्त्रण र मुटु सम्बन्धित रोगहरुलाई रोक्छ । 

यस्तो अवस्था कागती पानी खानु हुँदैन् 
यदि शरीरमा उच्च यूरिक एसिड छ भने यस्तो अवस्थामा कागती धेरै खायो भने गाठाकोे समम्या बढ्न सक्छ । तर कागती पानी दैनिक नियन्त्रत मात्रामा खायो भने गाठाको समस्या रोक्न पनि  सकिन्छ अमेरिकन डायटेटिक एसोसिएशनको अनुसार कागती ६५—९० मिलीग्राम मात्रामा खानु उपयुक्त हुन्छ कागती पानी दिनमा २—३ पटकसम्म खान्न सकिन्छ । किड्नीका बिरामीहरुले कागती पानी खानाले कागतीमा हुने पोटासियमको मात्राले किडनीको इलेक्ट्रोलाइट्सको सतुलन झन् खराब हुने हुँदा कागती पानी यस्तो बेलामा नखानु नै उचित हुन्छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement