Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरसः के गर्मीले कोभिड:१९ महामारीलाई कुनै फरक पार्ला?

  |      11:26:00   |  
कोरोना भाइरसः के गर्मीले कोभिड:१९ महामारीलाई कुनै फरक पार्ला?

►रेचल श्राअर
चैत २८, काठमाडौँ । अलि न्यानो मौसमले कोरोनाभाइरस फैलिन रोक्न सक्छ भन्ने धारणा बिस्तारै सेलाउँदै गएको छ। महामारी बनेर फैलिएको उक्त भाइरस अहिले विश्वका लगभग सबै क्षेत्रमा पुगिसकेको छ। तर के नयाँ अनुसन्धानमा आशाको कुनै सङ्केत हुन सक्छरु

चीनबाट फैलिएको विश्वास गरिएको नयाँ कोरोनाभाइरस मौसमी हो कि हैन भन्न अहिले हतार हुन्छ।

त्यसबारे निष्कर्षमा पुग्नका लागि कुनै स्थानमा वर्षभरि सङ्क्रमण कसरी परिवर्तित हुन्छन् भनेर हेर्नुपर्छ।

तर प्रमाणका लागि हामी संसारभरि भिन्न हावापानीमा कोरोनाभाइरस विस्तारको सिंहावलोकन गर्न सक्छौँ।

कस्तो आधार छरु
विशेषतः अलि चिसो र सुक्खा क्षेत्रमा कोरोनाभाइरस सङ्क्रमण बढी देखिएको केही प्रमाणहरू छन्।

एउटा अध्ययनले मार्च १० सम्म थाहै नपाईकन सामुदायिक रूपमा सङ्क्रमण फैलिएर धेरै प्रभावित भएका देशमा न्यून सङ्क्रमण देखिएका देशको तुलनामा औसत तापक्रम कम भएको देखिएको थियो।

कोरोनाभाइरसविरुद्ध बन्ने खोप धनी देशले थुपार्ने सम्भावना कति
कोरोनाभाइरसको त्रासका कारण नेपालमा पनि ुअन्धविश्वास बढिरहेको छु
चालीसभन्दा बढी कोभिड(१९ बिरामी भेटिएका चीनका १०० वटा सहरको स्थिति अध्ययन गरेको अर्को शोधले पनि तापक्रम र आद्रता बढी हुँदा भाइरस विस्तारको गति कम भएको सङ्केत गरेको छ।

विज्ञहरूले समीक्षा गर्न बाँकी भएको अर्को अध्ययनका अनुसार विश्वभरि नै कोरोनाभाइरस सङक्रमण भेटिएको भए पनि मार्च २३ सम्म ूतुलनात्मक रूपमा चिसो र सुक्खा क्षेत्रमाू मात्र प्रकोप देखिएको छ।

लन्डन स्कूल अफ हाईजीन एन्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस अहिले विश्व स्वास्थ्य सङ्गठनले सूचीकृत गरेका सबै भूभाग र क्षेत्रमा पुगिसकेको तथा चिसो र सुक्खादेखि गर्मी र ओसिलो स्थानमा पनि भेटिएको उल्लेख छ।

उत्तर र दक्षिणमा के फरक छरु
उत्तरी र दक्षिणी गोलार्धमा फ्लूसहित धेरै भाइरसले मौसमअनुसार रूप फेरेको देखिन्छ। तर इक्वेटर अर्थात् भूमध्यरेखानजिकै अवस्थित उष्णकटिबन्धीय क्षेत्र अर्थात् गर्मी हुने स्थानमा त्यस्तो परिवर्तन देखिँदैन।

स्थानीय रूपमै कोभिड(१९ सरेको पाइएका मलेशिया र डीआर कङ्गोजस्ता गर्मी र सुक्खा देश पनि भूमध्यरेखानजिकै छन्। तसर्थ अन्यत्र के हुन्छ भनेर बुझ्न यो उपयुक्त प्रमाण नहुन सक्छ।

अब दक्षिणी गोलार्धको स्थितिको समीक्षा गरौँ। ग्रीष्मयाम सकिन लाग्दा पहिलो चोटि सङ्क्रमण देखिएका अस्ट्रेलिया र न्यूजील्यान्डमा पनि उत्तरी गोलार्थका देशको तुलनामा न्यून सङ्ख्यामा सङ्क्रमित मानिस भेटिए।

मानिसहरूको विश्वव्यापी हिँडडुल र गतिविधि तथा जनघनत्वजस्ता विभिन्न कारणको पनि यसमा भूमिका छ।

पहिला एक स्थानबाट अर्को स्थानमा गएका मानिससँगै फैलिएको उक्त भाइरस मौसम परिवर्तन हुँदै गर्दा क्रमशः विश्वभरि नै फैलिएको छ। त्यसैले हावापानीका कारण हुने प्रभावबारे निष्कर्ष निकाल्न कठिन छ।

के अरू कोरोनाभाइरस मौसमी हुन्छन्रु
कोरोनाभाइरस परिवारका अन्य भाइरसहरू प्रायः जाडो महिनामा फैलिने केही प्रमाण फेला परेको यूनिभर्सिटी कलेज लन्डन तथा लन्डन स्कूल अफ हाईजीन र ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताहरूको दाबी छ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण कम देखिनुका पाँच सम्भावित कारण
अझै थाहा नभएका नौ कुरा
उनीहरूले २,००० मानिसबाट तिनको परिवारमा कसैलाई श्वासप्रश्वासम्बन्धी समस्या भए नभएको विवरण साप्ताहिक रूपमा सङ्कलन गरे।

अध्ययनमा सहभागी व्यक्तिलाई त्यस्तो कुनै लक्षण देखिएका परिवारजनको घाँटीमा स्वाब गरेर नमुना पनि पठाउन भनिएको थियो। सङ्कलित नमुनामा विभिन्न भाइरसको परीक्षण गरियो।सबाट अनुसन्धानकर्ताहरूले मौसमी फ्लूसँगै कोरोनाभाइरसहरू पनि जाडो बेलामा उत्कर्षमा पुग्ने देखियो। तर गर्मीयाममा कोरोनाभाइरसहरूको सङ्ख्या कम थियो।

उक्त अनुसन्धानमा सहभागी वैज्ञानिक एलन फ्र्याग्यास्जीका अनुसार त्यसैले गर्मीमा केही कम सङ्क्रमण देखिने सम्भावना हुन सक्छ। तर क्बचक(ऋयख्(द्द नाम दिइएको यो नयाँ भाइरसले कस्तो व्यवहार देखाउँछ त्यो भन्न सकिने स्थिति छैन।

अनि यसबाट ठूलो सङ्ख्यामा मानिसहरू बिरामी परेका र विश्वव्यापकताले धेरै आशा गर्नु उपयुक्त देखिँदैन।

के क्बचक(ऋयख(द्द अरू कोरोनाभाइरसजस्तै छरु
कोभिड(१९ लगाउने नयाँ कोरोनाभाइरस आफ्नो परिवारका अन्य भाइरस जसरी नै सर्छ।तर यसले बिरामी पार्ने र मृत्यु गराउने तरिका अलि भिन्न छ।

कहाँ कति सङ्क्रमण र मृत्यु
अहिलेसम्म कुनकुन देश र भूभागमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छैन
यूनिभर्सिटी अफ साउथह्याम्टनका डा। माइकल हेडका अनुसार नयाँ कोरोनाभाइरसको विकास र प्रभाव ूरुघा लगाउने खालका अरू कोरोनाभाइरसभन्दा नितान्त भिन्नू छ।

ूतापक्रम र आद्रताजस्ता पर्यावरणीय कारक परिवर्तन हुँदा कोभिड(१९ का घटना घट्छन् कि घट्दैनन् त्यो हेर्न बाँकी नै छ,ू उनले भने। 
बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement