Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना कोहराम स् मृतकको संख्या ६९ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख नजिक

  |      11:47:00   |  
कोरोना कोहराम स् मृतकको संख्या ६९ हजार नाघ्यो, संक्रमितको संख्या १३ लाख नजिक

चैत २४, काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट विश्वभर सोमबार बिहानसम्म ६९ हजार ३५० जनाको ज्यान गएको छ। संक्रमितको संख्या १२ लाख ७२ हजारभन्दा बढी पुगेको छ। तीमध्ये २ लाख ६० हजारभन्दा बढी बिरामी उपचारपछि निको भएर घर पनि फर्किएका छन्।

 

विगत दुई साताको अवधिमा पहिलोपटक इटालीमा यो संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको छ। बितेको २४ घन्टाको अवधिमा इटालीमा ५२५ जनाको ज्यान गएको छ। योसँगे इटालीमा १५ हजार ८८७ जनाको ज्यान गएको छ। 
 

यसैगरी स्पेनमा पछिल्लो २४ घन्टाको अवधिमा ६७४ जनाको ज्यान गएको छ। यो पनि गत एक सातादेखि दैनिकजसो ज्यान गुमाउनेको संख्याको तुलनामा कम हो। स्पेनमा हालसम्म १२ हजार ६४१ जनाको ज्यान गइसकेको छ। स्पेनमा १ लाख ३१ हजारभन्दा बढी संक्रमित भएका छन्।
 


अमेरिकामा कोरोनाको संक्रमण दैनिकजसो बढ्दै गइरहेको छ। अमेरिकामा सोमबार बिहानसम्म ३ लाख ३५ हजार यो भाइरसबाट संक्रमित भइसकेका छन्। त्यहाँ संक्रमणको ज्यान गुमाउनेको संख्या पनि ९ हजार ५६२ पुगेको छ।
 

यो भाइरसको केन्द्रविन्दुअहिले अमेरिकाको न्युयोर्क सिटी बनेको छ। न्युयोर्कमा मात्रै सोमबार बिहानसम्म २ हजार २५६ जनाको ज्यान गइसकेको छ। 
 

फ्रान्समा पनि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ८ हजार नाघेको छ। बितेको २४ घन्टामा फ्रान्समा ३५७ जनाको ज्यान गएको छ। अहिलेसम्म त्यहाँ ९० हजारभन्दा बढी मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन्। 
 


उता ब्रिटेनमा पछिल्लो २४ घन्टाको अवधिमा ६२१ जनाको ज्यान गएसँगै मृतकको संख्या ४ हजार ९३४ पुगेको छ। ब्रिटेनमा हालसम्म ४८ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।

छिमेकी मुलुक भारतमा पनि कोरानाबाट ज्यान गुमाउनेको संख्या हालसम्म ८३ पुगेको छ। बितेको २४ घन्टामा भारतमा ५०५ जना थप संक्रमित फेला परेका छन्। हालसम्म भारतमा ३ हजार ५७७ जना संक्रमित भइसकेका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement