Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना रोकथाम यी ५ देश जहाँ महिला नेतृत्वमा भइरहेको छ प्रशंसनीय काम

  |      11:01:00   |  
कोरोना रोकथाम  यी ५ देश जहाँ महिला नेतृत्वमा भइरहेको छ प्रशंसनीय काम

बैशाख ११, काठमाण्डौ । आज मातातीर्थ औँशी। अर्थात आमाको मुख हेर्ने दिन। तर विश्व महामारीका कारण देश लकडाउन रहेका कारण परिस्थिति जटिल छ। अधिकांश छोरीहरु आजका दिन प्रत्यक्ष रुपमा आफ्नी आमासँग भेटघाट गर्न पाएका छैनन्। कतिपय फोनबाटै चित्त बुझाउँदैछन् त कतिपयले भिडियो कल गरी आमाको मुख हेर्दैछन्। 


आजका दिन आमाका माहिमा गुनगान हुने गरेको छ। यहाँ हामी भने कसै न कसैको आमा अनि देशकै नेतृत्व गरिरहेका केही शक्तिशाली महिलाले कोरोना रोकथाम थालेका प्रभावकारी कदम विषयमा चर्चा गर्न गइरहेका छौँ। यी ५ देश जहाँ महिला नेतृत्वले चालेको कदमकै कारण अन्य देशको तुलनामा कम जोखिममा छन्। अहिले विश्वभरका मिडियाहरु यी देशका नेतृत्वकर्ता महिलाको गुनगान गाउनमै व्यस्त छन्।

आइसल्यान्ड


आइसल्यान्डकी प्रधानमन्त्री कैटरिन ज्याकब्स्डोट्टिरले व्यापकर रुपमा कोरोना टेस्ट जारी राख्ने फैसला गरिन्। यो देशको आवादी ३ लाख ६० हजारमात्र छ तर टेस्टिङमा कुनै पनि कमी हुन दिइएको छैन।

कोरोना रोकथामका लागि आइसल्यान्डमा सबैखाले जरुरी कम चालिएका छन्। २० भन्दा बढी मानिसलाई एक ठाउँमा जम्मा हुन दिइएको छैन। 

गत जनवरी अन्त्यसम्म आइसल्यान्डमा एकजना पनि संक्रमित फेला परेका थिएनन्। तर आजसम्म त्यहाँ केवल ९ जनाको यो भाइरसबाट मृत्यु भएको छ। जुन अन्य देशको तुलनामा निकै कम हो।


ताइवान

ताइवान आधिकारिक रुपमा चीनको एउटा हिस्सा हो। राष्ट्रपति त्साई इङ वेनले महामारी नियन्त्रण केन्द्र स्थापना गर्दै संक्रमण रोक्न र संक्रमितको ट्रयाकिङ तथा ट्रेसिङको काम सुरु गरिन्। यसका साथै ताइवानमा पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट किट्स र फेस मास्को उत्पादन पनि तुरुन्त बढाइयो। 

दुई करोड ४० लाख आवादी रहेको ताइवानमा अहिलेसम्म केवल ६ जनाको मात्र यो संक्रमणबाट ज्यान गएको छ। 

न्युजिल्यान्ड

न्युजिल्यान्डकी प्रधानमन्त्री जैसिन्डा अर्डर्नले कोरोनाको महामारीविरुद्धको लडाइँमा निकै सख्त कदम उठाइन्। जुन अन्य देशमा देख्न पाइँदैन। जब सारा देश संक्रमितको संख्या स्थिर राख्ने कोसिसमा थिए अर्डर्नले भने यो संक्रमणको सबै आशंकाहरु खतम गर्ने सोचमा थिइन्।

न्युजिल्यान्डमा जब यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ६ रहेको थियो तबदेखि नै पूरै देश लकडाउन गरियो। गत २० अप्रिलसम्म न्युजिल्यानडमा कोरोना संक्रमणबाट केवल १२ जनाको मात्र ज्यान गएको छ। 

ग्रिस 

ग्रिसकी प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले कोरोना संकटलाई सफलतापूर्वक सामान गर्ने कार्य गरेकोमा निकै प्रशंसा गरिएको छ। एक कारो १० लाख आवादी रहेको ग्रिसमा गत २० अप्रिलसम्म कोरोना संक्रमणबाट केवल ११४ जनाको मात्र ज्यान गएको छ। 

ग्रिसमा जब कोरोनाबाट एकजनाको पनि ज्यान गएको थिएन तबदेखि नै त्यहाँ सामाजिक दूरीको कमद उठाइएको थियो र वैज्ञानिक सल्लाहबमोजिम स्वास्थ्य गतिविधि अगाडि बढाइएको थियो।

जर्मनी

जर्मनीकी चान्सलर एंगेला मार्केलले बिना समय खेर फाल्दै कोरोना संक्रमण एउटा गम्भीर खतरा हुन सक्ने आँकलन गरेकी थिइन्। त्यसपछि उनले युरोपमै सबैभन्दा बढी टेस्टिङ, ट्रेसिङ र आइसोलेसनको योजनामा काम सुरु गरिन्। आठ करोड बढी आवादी भएको जर्मनीमा अहिलेसम्म कोरोना संक्रमणबाट ४ हजार ६०० जनाको ज्यान गइसकेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement