बैशाख १०, काठमाडौँ । कोभिड१९ महामारीका कारण विश्वभरि सरकारहरूले सामाजिक दूरीका कदमहरू चालिरहँदा लाखौं मानिसहरू घरभित्रै सीमित भएका छन्।
लकडाउनू ले मानिसहरू घरभित्रै बस्न बाध्य छन्। उनीहरू अल्छि बनिरहेका छन् र खानेकुरा राखेका ठाउँ वा फ्रिजसम्मको पहुँच पनि सहज बनेको छ।
भाइरसका कारण बिरामीहरू बढिरहेको तनाव र चिन्ताका माझ मानिसहरू सहज महसुस गर्न खानेकुराहरू खान्छन्। यसले गर्दा उनीहरूको स्वास्थ्यलाई खतरामा राख्ने र मानसिक स्वास्थ्यमा थोरैमात्रै फाइदा पुग्ने गर्छ।
पोषणविद् परिसा खानिपुर कम शारीरिक व्यायाम हुने बेला निरन्तर रूपमा खाने गर्दा त्यसले नचाहेका स्वास्थ्य समस्या जस्तै वजन बढ्ने, उच्च रक्तचाप र अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्ने सम्भावना रहेको बताउँछिन्।
बढी वजन र मोटोपनाको समस्या भएका मानिसहरूलाई कोभिड(१९ को थप नराम्रा असरहरू हुनसक्छन्, इरानमा कार्यरत पोषणविद् खानिपुरले भनिन्।
कोरोनाभाइरसको महामारीबाट धेरै प्रभावित हुने देशमा इरान पनि पर्छ।
खानेकुरा नियन्त्रणका लागि खाना खाँदा हामी किन सहज महसुस गर्छौं भन्ने बुझ्न आवश्यक रहेको उनी ठान्छिन्।
कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुरा
कोभिड(१९ सङ्क्रमण निको हुन कति समय लाग्छ
त्यसो भए हामी किन खाइरहन्छौं तरु
लकडाउनका बेला गुलियो र स्वादिलो खान मन लाग्नुका थुप्रै कारणहरू रहेको खानिपुर बताउँछिन्।बढ्दो तनाव र चिन्ता
१ अल्छिपना र कुनै कामगर्ने सोख नहुनु
२ उदास मनस्थिति र वितृष्णा
३ दिउँसो सुत्नु वा अनियमित सुत्ने शैली
४ खानेकुरा नभए के तरु
थोरै अवधिभित्रै केही गम्भीर परिवर्तनहरूमा हामीले आफूलाई ढाल्नुपरेको छू, खानिपुर भन्छिन्।
ूयो सबैले हामीलाई थप तनाव दिन्छ वा चाहिनेभन्दा बढी उत्साही बनाउँछ, तर आफूलाई शान्त र सहज बनाउन खानेबाहेक अन्य कुरा पनि गर्न सकिन्छ।ू
नकारात्मक उत्तेजनारउत्साह र भावनाको पहिचान गर्नु महत्त्वपूर्ण हुने र त्यसलाई खान मनलाग्ने कुरासँग छुट्याउनुपर्ने उनी बताउँछिन्।
भावना र तनावहरूसँग जुध्नका लागि खानु भनेको केवल अस्थायी उपायमात्रै हो र यसले स्थायी र नकारात्मक असर पार्छ १ भन्ने बुझ्न पनि यसले मद्दत गर्छ।
२ खान मनलाग्ने चाहना कसरी हटाउने
खाने बानीका साटो अन्य थुप्रै गतिविधि र रणनीतिहरू अपनाउन सकिने उनी सुझाउँछिन्।
१ धेरै पानी पिउने र पानीमा ताजा फलफूल र तरकारीको स्वाद मिसाउने
२ दिमागी खेलहरू खेल्ने वा गतिविधि गर्ने, साथीलाई फोन गर्ने
३ डोरी खेल्ने, जुम्बा वा नृत्य जस्ता अभ्यास हुने काम गर्ने
४ के खाने भनेर पहिलै योजना बनाउने र खानाको समय हतार
नगरी स्वाद लिएर खाने
५ अस्वस्थकर नखानका लागि के के किन्ने भन्नेबारे योजना बनाउने
६ खानाबारे पर्याप्त सोचविचारको अभ्यास
७ खान मनलाग्ने बानी पहिचान गर्ने र स्वस्थकर खान तयार रहने
८ खान मनलाग्ने बानीसँग जुझ्ने अर्को उपाय भनेको ु९सोचविचारपूर्ण खानपानु को अभ्यास हो, जसले हामीले के खायौं भन्नेबारे सोच्ने तरिका परिवर्तन गर्न खोज्छ र त्यसबारे ग्लानी पनि हटाउँछ।
यस्तो अभ्यास गर्दा कुन खानेकुरा राम्रो हो र कुन नराम्रो हो भन्ने छुट्याएर खानेकुरासँगको नकारात्मक सम्बन्ध पनि बन्न दिँदैन।
अर्को उपाय भनेको कुनै खास खानेकुरा धेरैपटक खाएको कल्पना गर्ने ताकि कम मात्रै खाइयोस्।
के गर्मी महिनामा कोरोनाभाइरस महामारी कम होला
कोरोनाभाइरसविरुद्ध बन्ने खोप धनी देशले थुपार्ने सम्भावना कति
यदि यी सबै उपायहरूले पनि मद्दत गरेन भने केही स्वस्थकर विकल्पहरू अपनाउन खानिपुर सुझाउँछिन्।
धेरै गुलियो वा धेरै नुनिलो नखाने
१ फलफूलका टुक्रा र दही
२ गुलियो र नुनिलो नमिसाइएका बदाम र खानयोग्य बियाँ
३तरकारी र चनाको मिश्रण९ह्यूमुस०
४ विभिन्न खालका बेरीहरू
५ पालुङ्गोको साग वा उसिनेको चुकन्दर र दही
६ पकाएको वा पाकेको फर्सी र दालचिनी
७ हर्बल टि र दाख वा खजुर
८ सादा मकै
१० डार्क चकलेटको टुक्रा
हामी सबैको खानेकुरामा विविधता र सन्तुलन हुनुपर्छ, त्यसको मतलब हामीले थुप्रै समूहका खानेकुराबाट पर्याप्त पोषण पाउनुपर्छ, खानिपुर भन्छिन्।
त्यसैले दैनिक खानेकुराबारे योजना गर्न र सोचेर सामान किन्नु एकदमै महत्त्वपूर्ण छ।
खानिपुर सुझाउँछिन् किनमेल गर्न जानुअघि सूची तयार गर्नुपर्छ र त्यही सूचीमा भएकोमात्रै किन्नुपर्छ ताकि गरिष्ठ खानेकुरा नकिनियोस् र पछि त्यही खान मन नलागोस्!
बीबीसी