Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना संक्रमित १६ जना मात्र, अवस्था सबैको सामान्य : स्वास्थ्य प्रवक्ता

  |      17:18:00   |  
कोरोना संक्रमित १६ जना मात्र, अवस्था सबैको सामान्य : स्वास्थ्य प्रवक्ता

बैशाख ३, काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा गरिएका र्यापिड डाइग्नोष्टिक टेस्ट९आरडिटी०मा थप केही व्यक्तिको रिपोर्ट पोजिटिभ आएको भनिए पनि सरकारले भने कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको प्रष्ट पारेको छ । 


स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले कोरोना संक्रमितको संख्या १६ मात्र रहेको प्रष्ट पारेका हुन् । 

१६ संक्रमितमध्ये १ जना निको भएर फर्किसक्नुभएको छ भने बाँकी १५ जनाको देशका विभिन्न अस्पतालका आइसोलेसनमा राखेर उपचार भइरहेको छ । डा। देवकोटाले भने ः सबै संक्रमितको अवस्था सामान्य छ  । 


उनका अनुसार केही जिल्लाहरुमा आरडिटी विधिबाट गरिएको परीक्षणका रिपोर्ट पोजिटिभ आए पनि त्यसको पीसीआर प्रविधिबाट परीक्षण नगरी यसै भन्न सकिन्न । 

पीसीआर प्रविधिको जाँचमा घाँटीको स्वाब झिकेर परीक्षण गरिन्छ । यस्तै, आरडिटी प्रविधिमा भने ब्लडको नमूना निकालेर तत्काल रिजल्ट आउने गरी द्रूत गतिको जाँच गरिन्छ । 

हालसम्म आरडिटी विधिबाट ८ हजार ९२९ जनाको टेस्ट भइसकेको छ र पीसीआरबाट ६ हजार ८७१ जनाको टेस्ट भएको बताइएको छ । 


डा। देवकोटाका अनुसार पीसीआरमा घाँटीको स्वाब नमूना गरन्छि । अराडिटी भनेको ब्लडबाट६ हजार ८७१ पीसीआरबाट । आरडिटी ८ हजार ९२९ टेस्ट भएका छन् । 

दुवै मिलाएर हालसम्म कुल १५ हजार ८०० जनाको टेस्ट भइसकेको डा। देवकोटाले जानकारी दिए । गत २४ घण्टामा २ हजार ८९४ जनाको आरडिटी टेस्ट गरिएको उनले जानकारी दिए । 

आरडिटी विधिबाट हालसम्म अधिकांश जिल्लामा परीक्षण सुरु भइसकेको जानकारी दिए । हालसम्म १४ वटा जिल्लामा मात्र सुरु हुन बाँकी छ। डा। देवकोटाले भनेः प्रदेश १ का ७ जिल्ला, प्रदेश २ का ३ वटा, गण्डकीमा एउटा, ५ नम्बर प्रदेशमा १ वटा बाँकी, कर्णालीमा २ वटा जिल्लामा परीक्षण हुन बाँकी छ । 

बागमति र सुदुरपश्चिमका सबै जिल्लामा टेस्ट सुरु भइसकेको छ । 

हालसम्म देशभर ५ हजार ६१४ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै, आइसोलेसनमा रहनेको संख्या ११७ जना छ । जसमध्ये काठमाण्डौमा ११ जना, काठमाण्डौबाहिर १०६ जना आइसोलेसनमा छन् । 

यसैबीच, सनसिटी अपार्टमेन्टको ए ब्लकमा एकै परिवारका तीनजनामा आरडिटीबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएकोमा पीसीआरबाट पुनः परीक्षण गर्दा २ जनाको पोजिटिभ र एकजनाको नेगेटिभ रिपोर्ट आएको डा। देवकोटाले जानकारी दिए । 

एकै परिवारका ८१ वर्षीया आमा, ५७ वर्षीय छोरामा पोजिटिभ देखिए पनि ५१ वर्षीया बुहारीको पीसीआर रिपोर्ट समेत नेगेटिभ आएको हो ।

सो अपार्टमेन्टको ए ब्लकमा बस्ने २९८ जनाको आरडिटी परीक्षण भएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको समेत डा। देवकोटाले जानकारी दिए । 

सो परिवारको सहयोगीको रुपमा कार्यरत २ कामदारको नमूना समेत पीसीआरबाट परीक्षण गरिने उनले जानकारी दिए । उनीहरुको आरडिटी रिपोर्ट नेगेटिभ आए पनि पीसीआरको रिपोर्ट भने भोलि मात्र आउनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement