Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोना भाइरस : ध्यान नदिइएका ११ महत्वपूर्ण विषय

  |      15:43:00   |  
कोरोना भाइरस : ध्यान नदिइएका ११ महत्वपूर्ण विषय

►रवि चौधरी
चैत ११, काठमाडौँ । कोरोना भाइरस ९कोभिड १९० को संक्रमण विश्वका १ सय ४९ राष्ट्रमा फैलिइसकेको छ। कोरोनाको संक्रमणबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा संसारभर धेरै बहस र छलफल भइरहेका छन्। 

सार्सको तुलनामा कोरोना भाइरसबाट हुने मृत्युदर निकै कम छ। तर यो भाइरस निकै छिटो गतिमा फैलिने हुनाले जोखिम पनि धेरै छ। अहिलेसम्म कोरोनाको उपचारका लागि कुनै विशेष औषधि निर्माण भइसकेको छैन। तर सही उपाय अपनाउन सकियो भने यसको संक्रमणबाट बच्न सकिन्छ । 

अहिले सामाजिक सञ्जालमा कोरोनाबाट बच्ने उपाय र जानकारी प्रत्येक घन्टा आइरहेको हुन्छ। जसमा मेडिकल र गैरमेडिकल, सही र भ्रामक दुवैथरीका जानकारी मिसिएको पाइन्छ। जस्तैः
–    साबुन–पानीले हात कति समयसम्म धुने र कुन साबुन प्रयोग गर्नेरु
–    अल्कोहलमा आधारित ह्यान्ड स्यानिटाइजर कति पटक प्रयोग गर्नेरु
–    सार्वजनिक भीडभाडलाई बेवास्ता गरौं तर नजिक या खुला भीडभाडरु
–    हाच्छ्यिुँ गर्दा नाक र मुख छोपेर गर्नुपर्छ तर त्यो भाइरस या किटाणु कपडाको अन्य भागमा सक्रिय हुन्छरु
–    लक्षण देखिए तत्काल चिकित्सकलाई देखाउनुपर्छ तर विशेषगरी कुनरु
–    मास्कको प्रयोगः कस्तो प्रकारको मास्क र कसरी नष्ट गर्नेरु
–    हात नमिलाऔं 

यी सब उपायहरु व्यक्तिगत आधारमा दिइएका छन्। तर स्पष्ट रुपमा भने कतै पनि सन्देश या जानकारी दिइएको छैन। साबुन–पानीले हात धुने भन्छौं तर कति समयसम्म धुने, मास्कको प्रयोग सही तरिकाले कसरी गर्ने लगायत विषयमा सामाजिक सञ्जालमा आएका जानकारीहरु स्पष्ट रुपमा प्रस्तुत गरिएको हुँदैन। जसले गर्दा मानिस झन् अन्योलमा पर्छन्। तर पनि यी विषयहरु सामाजिक सञ्जालमा आइरहेका छन्।

त्यसकारण यी कुरामा ध्यान दिन आवश्यक छ स्

( कम्तिमा २० सेकेन्ड साबुन पानीले अनिवार्य रुपमा हात धुन जुरुरी छ।

( सार्वजनिक सेवा लिइसकेपछि वा कोही व्यक्ति तथा चिजसँगको सम्पर्कमा आए लगत्तै ह्यान्ड स्यानिटाइजर प्रयोग गर्नुपर्छ।

( हरेक दिन कपडा धुन जरुरी छ।

मानिस केही हदसम्म सचेत पनि भइरहेका छन्। तर केही यस्ता विषयहरु छन्, जुन बाहिर आएका छैनन्। कसैले ध्यान दिएका पनि छैनन् तर निकै महत्वपूर्ण छन्। 

१। एटिएम मेसिनको किप्याडः दैनिक सयौं मानिसले एटिएम मेसिनको प्रयोग गर्छन्। प्रयोग गर्ने सबै मानिस स्वस्थ हुन्छन् भन्ने छैन। जसले गर्दा विभिन्न संक्रमणको जोखिम रहन्छ। तर पनि हामीले यो विषयमा खासै ध्यान दिएका छैनौं। त्यसकारण एटिएम बुथमा रहेका सुरक्षाकर्मीले सेवा लिन आएकालाई अनिवार्य रुपमा ह्यान्ड स्यानिटाइजर उपलब्ध गराउनु पर्छ। ह्यान्ड स्यानिटाइजर लगाएर मात्र एटिएम प्रयोग गर्ने र प्रयोग गरिसकेपछि पनि ह्यान्ड स्यानिटाइजर लगाउन आवश्यक हुन्छ।

२। लिफ्टको प्रयोगः होटल, बैंक, अस्पताल, मल्स लगायत व्यावसायिक क्षेत्रमा दैनिक सयौं मानिसले लिफ्टको प्रयोग गर्छन्। जसबाट पनि विभिन्न संक्रमण फैलने खतरा हुन्छ। त्यसैले लिफ्टको सरसफाइमा ध्यान दिनुपर्छ। यो समयमा लिफ्ट चलाउने एक जना छुट्टै मानिस नै खटाउन सकिन्छ। उसले नै लिफ्टको स्विच थिच्ने काम गर्न सक्छ।

३। सार्वजनिक किबोर्ड र माउसः सिफ्टमा काम गर्ने कार्यालयमा मात्र सार्वजनिक किबोर्ड र माउसको प्रयोग गर्नुपर्छ। सबैले एउटै किबोर्ड र माउस प्रयोग गर्नबाट जोगिनुपर्छ। साथै प्रयोग गर्नुपूर्व निर्मलीकरण गर्न सकिन्छ।

४। मास्कको प्रयोगः मास्कको प्रयोगले विभिन्न संक्रमणबाट बचाउँछ। मास्कको सही प्रयोग र नष्ट गर्ने तरिकाबारे सचेत रहन आवश्यक छ। किनभने भाइरस ८ देखि ९ घन्टासम्म सक्रिय रहन्छ। यसको लागि कुनै उचित जानकारी तथा शिक्षा दिइएको पाइँदैन।  

५। सिनेमा हलः सिनेमा हल भित्रको हावा ताजा हुँदैन। त्यो कहिले धुलो र संक्रमणयुक्त हुन्छ। एउटै हलभित्र स्वस्थ र अस्वस्थ व्यक्ति दुवै प्रवेश गर्छन्। जुन श्वासप्रश्वासको माध्यमबाट संक्रमण हुने सम्भावना बढेर जान्छ। हलभित्र राखिएका कुर्सी पनि संक्रमणको कारण बन्न सक्छन्। त्यसकारण केही समयका लागि सिनेमा हल बन्द गर्नु उपयुक्त हुन्छ।

६। ढोकाको ह्यान्डलः ढोकाको ह्यान्डलबाट पनि संक्रमणको जोखिम सधैं रहन्छ। विशेषगरी सार्वजिक स्थान जस्तो होटल, बैंक, अस्पताल, मल्स, विद्यालय, मन्त्रालय, व्यावसायिक क्षेत्रमा प्रयोग हुने ढोकाको ह्यान्डल सधैं सफा राख्नुपर्छ।

७। आवश्यक मेडिकल छुट्टीः रुघाखोकीको जस्तो लक्षण देखिएका व्यक्ति बिदामा रहनुपर्छ। किनभने उसले कार्यालयमा भएका अन्य कर्मचारीलाई संक्रमण फैलाउन सक्छ। चिकित्सकले स्वीकृति नदिएसम्म संक्रमित व्यक्ति कार्यालयमा जानु हुँदैन। 

८। पिउने पानीः सार्वजनिक स्थानमा राखिएका पिउने पानीको जग, गिलास, बोतल प्रयोग गर्नु पनि संक्रमणको कारण बन्न सक्छ। यसले विभिन्न संक्रमणदेखि सरुवा रोग सार्ने ठूलो जोखिम हुन्छ। त्यसैले सकेसम्म हरेकले व्यक्तिगत रुपमा पानीको गिलास र बोतल प्रयोग गर्नुपर्छ। 

९। सार्वजनिक सवारी साधनः सार्वजनिक सवारी साधनमा स्वस्थ र अस्वस्थ दुवै व्यक्तिले यात्रा गर्छन्। जसले गर्दा संक्रमण फैलने जोखिम बढ्छ। सरकारले संक्रमित व्यक्तिलाई छुट्टै यात्रा गर्ने व्यवस्था मिलाउन सके जोखिम घटेर जान्छ। 

१०। नोटरपैसाको प्रयोगः सकेसम्म नोटबाट कारोबार गर्नु हुँदैन। एटिएम कार्ड, चेक जस्ता नोटको प्रयोग नहुने काम गरे संक्रमणबाट बच्न सकिन्छ। 

११। सार्वजनिक शौचालयः अधिकांश सार्वजनिक शौचालयमा साबुन र पानीको व्यवस्था गरिएको हुँदैन। यदि संक्रमित व्यक्तिले शौचालय प्रयोग गरेपछि सफा गरिएन भने त्यसबाट अन्य व्यक्तिमा संक्रमण फैलिने सम्भावना हुन्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement