Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाबाट बच्न भूलेर पनि नगर्नु यी ७ काम

  |      17:04:00   |  
कोरोनाबाट बच्न भूलेर पनि नगर्नु यी ७ काम

बैशाख २,काठमाण्डौ । महामारी कोरोनाभाइरस ९कोभिड १९० को खतरा बढिरहेको छ। लकडाउनका कारण मानिसहरु घरमा नै बसेका छन्। 


अहिलेसम्म यो भाइरसबाट ग्रसित बिरामीका लागि उपचार नै छैन। तर सामाजिक दूरीका मद्दतले कोरोनाभाइरसको चेन तोड्न सकिन्छ। 

पछिल्लो समय कोरोनाभाइरस रोक्ने तमाम कोसिस गरिँदै आइएको छ। तथापि घरमा नै बसेर पनि केही सावधानी अपनाइएको खण्डमा यसले कोरोनाभाइरससँग लड्न मद्दत मिल्दछ।


सरसफाइमा ध्यान दिन ज्यादै जरुरी

अनुहारमा बारम्बार नछुनु, लगातार आफ्नो हात साबुुनले सफा राख्नुु र आफ्नो आसपास सरसफाई ध्यान राख्न धेरै जरुरी छ। कोरोनाबाट बच्नका लागि यति नै भने काफी छैन। कोरोना भाइरसलाई टाढा भगाउन भने आफ्ना बानीव्यवहार सुधार गर्न धेरै जरुरी छ। कुुन–कुुन बानी सुुधार गर्नुुपर्ला यसका लागि न्यूयोर्कका एक विज्ञले केही टिप्स साझा गरेका छन् (

धूम्रपान अविलम्ब छोड्ने


कोरोनाबाट टाढा हुन सबैभन्दा पहिले धूम्रपान तुरुन्तै छाडिदिनुहोस्। ई–सिगरेट सेवन गर्नेले पनि तत्काल छोड्नुुपर्छ। ई–सिगरेट वा धूम्रपानको बानी छोड्दा तपाइँको फोक्सो सुरक्षित रहन्छ र इन्फेक्सन फैलने खतरा हुदैन। 

न्युयोर्कका रेप्रोडक्टिभ मेडिसिन एसोसिएट्सका एमडी डा लकी सेखोनका अनुुसार कोरोनाभाइरस सीधै तपाइँको श्वासनलीमा हमला गर्छ र यसबाटै इन्फेक्सन फैलन्छ। यसैले फोक्सो दुरुस्त राख्न अधिक जरुरी छ।

नयाँ दबाई नलिनुस्, रक्सी नपिउनुस् 

कोरोनाबाट बच्नका लागि डाक्टरको अनुमतिबिना कुुनै पनि नयाँ दबाई लिन वा सप्लिमेन्ट नलिनुस्। जरुरतभन्दा धेरै मादकपदार्थ सेवन वा असुरक्षित यौनसम्बन्ध बनाउनु पनि खतरनाक हो। यो समय अधिकांश अस्पतालमा कोरोनाको बिरामी भर्ती हुन्छन्। यस्तो बेला अस्पताल जाँदा पनि इन्फेक्सन हुने खतरा बढ्छ।

बारम्बार किनमेल गर्न नजानु

यथासम्भव भीडभाड ठाउँमा जान बचौँ। लकडाउन खुलेपछि जहाँ भीड हुन्छ त्यहाँ यथासम्भव नजानुस्। जति घरभन्दा बाहिर कम निस्कनुहुन्छ उति नै संक्रमणको खतरा कम हुुन्छ। विज्ञका अनुसार अधिकांश मानिसहरुको स्वभाव यो हुुन्छ कि घरका लागि ग्रोसरी सपिङमा बारम्बार घरबाट बाहिर जान्छन् तर यस्तो भुलेर पनि गर्र्नुहँदैन। सकिन्छ भने एकै पटक खरिद गरौं। जतिपटक घरबाहिर किनमेलका लागि जानुहुन्छ त्यति नै मानिसहरुसँग मुठभेड भई इन्फेक्सको खतरा बढ्न सक्छ।

प्रत्येक चीजको सतह सफा राख्नुहोस्

धेरै हामी बाहिरबाटै सामान किनेर ल्याउँछौं तर बिना सफाइ बिना धोइपखाली प्रयोग पनि गर्छौं। यो बानी अब बदल्नुपर्छ। आफैंलार्ई पनि सफासुग्घर राख्ने साथै आफूले खरिद गरेर ल्याएको सामानको सतह पनि सफा राख्नुहोस्। विज्ञका अनुसार इन्फेक्सनबाट बच्नका लागि आफ्नो घरको डेस्क, ढोकाको ह्यान्डल र आफ्नो मोबाइल फोन पनि लगातार सफा राख्नुहोस्।

खाना सेयर नगर्नु

महामारी वा भाइरस यस्तो हुन्छ जो एकबाट अर्को व्यक्तिमा ट्रान्सफर हुुन्छ। एक व्यक्तिद्वारा अर्को व्यक्ति संक्रमित हुन सक्छ। यस्तो अवस्थामा खाना साझा गर्ने आफ्नो बानी पनि सुधार्न जरुरी छ। खानपिन र भाँडाकुडा साझा गर्दा सहजै भाइरस फैलन्छ। यसैले यो समय आफ्नो खाना वा भाँडा कसैसँग साझा नगर्नुहोस्।

अनलाइन अफवाहमाथि ध्यान नदिने

सामाजिक सञ्जालको प्रयोग हामी आफन्तसँग केही सेयर गर्न वा जानकारी आदानप्रदान गर्नका लागि गर्दछौं। तर महामारीको यो बेलामा सोसल मिडियामा स्वास्थ्यसँग जोडिएकाकतिपय अफवाह फैलिरहेको छ। सोचविचार नै नगरी मानिसहरु अफवाह सेयर पनि गरिरहेका छन्। यस्तो भ्रामक जानकारीलाई मान्नुुका साटो मेडिकल विज्ञको सल्लाह लिनुुहोस्। तिनीहरुलाई साझेदारी बिना सोच्नुुहोस् वा यी सल्लाहहरुको पालना गर्नुुहोस्। यस्तो गर्नुु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। अप्वाइन्टमेन्ट बिनै डाक्टरकहाँ नजानुुहोस्।

कोरोनाभाइरसको यो दौरानमा बिनाकारण डाक्टरहरुकहाँ वा अस्पतालमा नजानुुहोस्। यदि तपाइँलाई कुुनै पनि प्रकारको लक्षण देखिए घरमै डाक्टरलाई सम्पर्क गर्नुुहोस्। यसबाट पत्ता लगाउन सकिन्छ कि तपाइँलाई कोरोना लक्षण छ कि छैन। यदि लक्षण भए कहाँ गएर कोरोना परीक्षण गर्ने हो बिना अप्वाइन्टमेन्ट डाक्टरकहाँ जाँदा दोस्रो व्यक्तिको ज्यान पनि जोखिममा पर्न सक्छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement