Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाबाट ८२ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या १४ लाख नाघ्यो

  |      11:31:00   |  
कोरोनाबाट ८२ हजार बढीको ज्यान गयो, संक्रमितको संख्या १४ लाख नाघ्यो

चैत२६, काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट बुधबार बिहानसम्म ८२ हजार बढीको ज्यान गएको छ।

जोन हप्किङ्स युनिभर्सिटीका अनुसार आज बिहानसम्म ८२ हजार २० जनाको ज्यान गएको हो। यो भाइरसबाट अहिलेसम्म १४ लाख २८ हजार ४२८ जना संक्रमित भएकोमा ३ लाख १९८ जना निको भएका छन्।

कोरोनाको कहर सबैभन्दा बढी अहिले युरोपेली मुलुकमा परेको छ। आज बिहानसम्म इटालीमा १७ हजार १२७ जना, स्पेनमा १४ हजार ४५  जना र फ्रान्समा १० हजार ३२८ जनाको ज्यान गइसकेको छ। 

इटालीमा अहिलेसम्म १ लाख ३५ हजार ५८६ जनामा संक्रमण देखिएकोमा २४ हजार ३९२ जना ठिक भएर घर फर्किएका छन्।

त्यस्तै स्पेनमा हालसम्म १ लाख ४१ हजार ९४२ जनामा कोरोनाको संक्रमण देखिएकोमा ४३ हजार २०८ जना निको भएका छन्। फ्रान्समा भने १ लाख १० हजार ७० जना कोरोनाबाट संक्रमित भइसकेका छन्। तीमध्ये १९ हजार ५२३ जना निको भएका छन्।

यसैगरी ब्रिटेनमा बुधबार बिहानसम्म ६ हजार १५९ जनाको ज्यान गइसकेको छ। त्यहाँ ५५ हजार ९४९ जना संक्रमित भएकोमा ३२५ जनामात्र निको भएका छन्। 


उता अमेरिकामा हालसम्म १२ हजार ८४४ जनाको ज्यान गइसकेको छ। अमेरिकाको न्युयोर्क सहरमा सबैभन्दा बढी ४ हजार ९ जनाको ज्यान गएको छ। 

अमेरिकामा हालसम्म ३ लाख ९८ हजार १८५ जना कोरोनाबाट संक्रमित भइसकेका छन्। तीमध्ये २१ हजार ८४९ जनामात्र निको भएर घर फर्किएका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement