Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाबाट नेपालमा पहिलो मृत्यु पुष्टि, सुत्केरीले ज्यान गुमाइन्

  |      22:00:00   |  
कोरोनाबाट नेपालमा पहिलो मृत्यु पुष्टि, सुत्केरीले ज्यान गुमाइन्

जेठ ३, काठमाण्डौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको पहिलो मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ । 


काभ्रेको धूलिखेलस्थित अस्पतालमा श्वासप्रश्वासमा समस्या आई उपचार गर्न ल्याइएकी २९ वर्षीया सुत्केरीको मृत्यु कोरोना भाइरसको संक्रमणबाटै भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । 

यसअघि धूलिखेल अस्पतालले कोरोनाको शंकास्पद रिपोर्ट आएको भन्दै कन्फर्म रिपोर्टका लागि मृत सुत्केरीको थ्रोट स्वाब टेकूस्थित केन्द्रीय प्रयोगशालामा जाँच गर्न पठाइएको बताएको थियो । टेकूमा भएको स्वाबको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको मन्त्रालयले पुष्टि गरेको हो । 

त्रिवि शिक्षण अस्पतालमा १० दिनअघि सिन्धुपाल्चोकको बाह्रबिसे ९, राम्चे घर भएकी युवतीको नर्मल सुत्केरी गराइएको थियो । त्यहाँबाट डिस्चार्ज भएकी उनको अवस्था एकाएक गम्भीर भएपछि बिहीबार धूलिखेल अस्पताल ल्याइएको थियो । 

ती युवती बैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराउन भर्ना भएकी थिइन । २४ गते नर्मल डेलिभरी भएको थियो । २५ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । त्यसपछि घर गएकी थिइन । घरमा एक्कासी उच्च ज्वरो आई श्वासप्रश्वासमा पनि समस्या भएपछि ती सुत्केरीको स्थानीय अस्पतालमा उपचार गरिएको थियो । त्यहाँ ठीक नभएको र अवस्था गम्भीर बनेपछि उनलाई धूलिखेल अस्पताल ल्याइएको थियो । सो क्रममा ती सुत्केरीको अस्पताल ल्याउने क्रममा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बताएका छन् ।

धूलिखेल अस्पतालको भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा सुत्केरीको ज्यान गएको पुष्टि भएसँगै उनको उपचारमा संलग्न चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मीको थ्रोट स्वाब संकलन गरी आइसोलेसनमा राखिएको छ । ती युवतीका माइती र घरतर्फका आफन्तहरुको समेत स्वाब संकलन थालिएको छ । माइती र घर रहेको गाउँलाई पूर्ण रुपमा शिल गरिएको छ । 


ती युवतीको शनिवार राति पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरिसकिएको छ ।

नेपालमा हालसम्म २८१ जनामा कोरोना संक्रमण फेला परिसकेको छ । यसमध्ये ३६ संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement