Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाबाट बच्न यसरी अपनाउनुस् खानपानमा सतर्कता

  |      12:23:00   |  
कोरोनाबाट बच्न यसरी अपनाउनुस् खानपानमा सतर्कता

चैत १८, काठमाण्डौ। के तपाइँलाई त्यो समय याद छ जब तपाइँ बिना रोकटोक सुपरमार्केटमा गएर सामान किन्नुहुुन्थ्यो रु जब हातमा एउटा ट्रली लिएर पूरै सुपरमार्केट घुमेर आवश्यक सामान हालेपछि काउन्टरमा पैसा बुझाएर घर फर्किनुहुन्थ्यो।

अहिले कोरोनाभाइरसले समय र परिस्थिति ठीक उल्टो पारिदिएको छ। विश्वका अधिकांश मुलुक अहिले यो भाइरसबाट संक्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउनमा छन्। केही देशमा त मानिसलाई घरबाहिर निक्लिन नदिन कफ्र्यु नै लगाउनुपरेको छ। 

अहिले मानिसलाई अत्यावश्यक कामका लागिमात्र बाहिर निस्किन अनुमति दिइएको छ। अधिकांश देशमा दैनिक आवश्यक सामान खरिदका लागि पसलहरु भने खुला गरिएका छन्। 


कोरोनाको कहरकै बेला सामान किन्दा सबैभन्दा सुरक्षित तरिका के होला रु यदि तपाइँ कतैबाट सामान अर्डर गरिरहनुभएको छ भने यी कुरामा पनि विशेष ध्यान दिनुहोस्।

पसलमा किन्दा खतरा किन छ ?

कोरोनाभाइरसको संक्रमण तब फैलिन्छ जब कोही संक्रमित व्यक्ति तपाइँको सम्पर्कमा आउँछ। यदि तपाइँको नजिकमा कुनै संक्रमित मानिसले खोक्छ वा हाछ्युँ गर्छ भने तपाइँलाई यो संक्रमण फैलिने खतरा हुन्छ। त्यसैले दैनिक आवश्यक सामान किन्दा पसलमा भीडभाड बढी हुने भएकोले यो सम्भावना अत्याधिक हुन्छ। त्यसैले पसलमा सामान किन्न जाँदा सधैँ अरु मानिसबाट कम्तीमा पनि २ मिटरको दूरी अपनाउन आवश्यक हुन्छ। 

अहिले अधिकांश पसलमा एक ग्राहकबाट अर्को ग्राहकको दूरी २ मिटर कायम गरिएको छ। नेपालमा भने अहिले पनि जथाभावी पसलमा भीडभाड गर्ने क्रम रोकिएको छैन। 

कतिपय सुपरमार्केटमा ग्राहकले सामान किन्दा एउटा सामान उठाउँछन् हेर्छन् अनि फेरि त्यहीँ राखिदिन्छन्। अनि फेरि अर्को ग्राहक आएर त्यही सामान उठाएर हेर्छ। यस्तोमा पनि कोरोनाको संक्रमण फैलिने खतरा हुन्छ। 

ग्राहकले अहिले पनि नगदमा कारोबार गरिरहेका छन्। यसबाट पनि संक्रमण फैलिने खतरा हुन्छ। त्यस्तै सुपरमार्केटमा राखिएका विद्युतीय माध्यममा बैंकको कार्ड घोट्छन्। यसले पनि संक्रमण फैलाउन मद्दत गर्छ।

के खानपानका वस्तुबाट फैलिन सक्छ संक्रमण ?

त्यसो त खानपानबाट कोरोनाको संक्रमण फैलिएको घटना अहिलेसम्म बाहिर आएको छैन। तर खाना पकाउँदा कोरोनाको भाइरस मर्छ भन्ने यकिन पनि भइसकेको छैन। 

यूके फुड स्ट्यान्डर्डस् एजेन्सीले अहिलेको अवस्थामा सकभर घरमै पकाइएको खाना खान उत्तम हुने जनाएको छ। तर अहिले पनि धेरै मानिस बाहिरबाट खाना मगाएर खाइरहेका छन्। 

प्रोफेसर ब्लुम फिल्ड यो मामिलामा जिरो रिस्कजस्तो कुनै सम्भावना नरहेको बताउँछन्। ‘जब खाना पकाइन्छ तब एउटा हातबाट अर्को हातमा जान्छ, यो नै ठूलो चिन्ताको विषय बनेको छ’, उनी भन्छन्। 

प्रोफेसर ब्लुम फिल्ड यदि तपाइँ प्याकिङ खाना उपभोग गर्नुहुन्छ भने त्यस्ता खाना कि त ७२ घन्टा स्टोर गर्नुपर्ने वा बाहिरबाट डिस्इन्फेक्सन स्प्रे गर्नुपर्ने बताउँछन्। त्यसैले खाना जुन प्लास्टिक वा ग्लासमा प्याक गरिएको हुन्छ त्यसलाई सेनिटाइज्ड पेपरबाट पुछ्नुपर्ने उनको सुझाव छ। 

यदि तपाइँ फलफूल वा हरियो सागसब्जी किन्दै हुनुहुन्छ भने एउटा हातबाट अर्को हातमा अवश्य पुग्छ, त्यसैले ती सामग्रीलाई राम्ररी पानीमा धोएरमात्र उपभोग गर्न ब्लुम सुझाव दिन्छन्। 

होम डेलिभरी कति सुरक्षित ?

यो कुरालाई नकार्न सकिन्न कि अहिले अवस्थामा सुपरमार्केटमा गएर सामान किन्नुभन्दा होम डेलिभरी नै सुरक्षित हुन्छ। तर खतरा हुन्न भन्न पनि सकिन्न। जब तपाइँको सामान होम डेलिभरी हुँदै गर्दा ती सामान थुप्रै हातले छोइँदै तपाइँको घरसम्म आइपुग्छ। 

फुड सेफ्टी एक्सपर्ट डा लिसा एकर्लेका अनुसार यदि तपाइँ होम डेलिभरी सिस्टमबाट घरको आवश्यकता पूर्ति गरिरहनुभएको छ भने घरको मूल ढोकामै एउटा नोट ‘कृपया घन्टी बजाएर २ मिटर टाढा बस्नुस्’ लेखेर राख्नुहोस्। सुरुआतमा सामान ल्याउने व्यक्तिबाट टाढा रहनुस्। त्यसपछि ती व्यक्तिबाट सामान लिइसकेपछि घन्टी सेनिटाइज्ड गर्नुहोस् र सामानहरु पनि आवश्यकताअनुसार सेनिटाइज्ड वा स्टोर गर्नुहोस्। 

पार्सल लान कति सुरक्षित र?

अहिले कतिपय रेस्टुराँहरु खाना पार्सल गरिरहेका छन्। राम्रा र ठूलो रेस्टुराँहरु खानाको स्वच्छतामा विशेष ध्यान दिन्छन्। त्यसैले ताजा खाना पार्सल गर्दा खतरा कम हुन्छ। पार्सल प्याकिङ गर्दा हुने खतरालाई पनि ध्यानमा राखिएको हुन्छ। प्रोफेसर ब्लुम फिल्ड भन्छन्, ‘पार्सलमा आएको खाना पहिले सफा भाडामा राख्नुपर्छ अनि खाना प्याक गरेको प्याकेट फाल्नुपर्छ अनि हात धोएरमात्र खानुपर्छ।’

अझ प्रोफेसर फिल्ड खाना हातले खानुभन्दा पनि चम्चाको प्रयोग गर्न सुझाव दिन्छन्। अहिलेको परिस्थितिमा चिसो खानाभन्दा पनि ताजा पकाएको खाना खान उनी जोड दिन्छन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement